Posted by: Drkanchho April 15, 2011
Rukmangad Katwal's must watch interview
Login in to Rate this Post:     0       ?        
 

कटवाल सक्रिय राजनीतिमा आउने (ekantipur)

धनगढी, वैशाख १ - नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल अब सक्रिय राजनीतिमा आउने भएका छन् । उनले विभिन्न स-साना मोर्चा र संघ-संगठनलाई एकीकृत गरेर आफ्नै नेतृत्वको राजनीतिक संगठनको घोषणा यही वैशाखमा सुदूरपश्चिमबाट गर्ने भएका हुन् ।

यसको पहिलो चरणमा ११ संगठनलाई मिलाएर गठन गरिएको संयुक्त राष्ट्रिय मञ्चको घोषणा वैशाख १० गते धनगढीको खुल्लामञ्चमा गरिने भएको जानकारी तयारी समिति संयोजक चन्द्र सावदले बताए । राजनीतिक शक्तिका रूपमा स्थापित हुने उद्देश्यले गठन गरिने मञ्चको घोषणा राष्ट्रिय संयोजक कटवालले गर्ने छन् । संगठनमा भगौडा प्रहरी र माओवादी संगठनसहित केही दृश्य र अदृश्यमा आएका देशभरका १ सय जति संघसंस्थालाई मिलाएर जनाधार बनाउन लागेको साउदले बताए ।

समावेश भएका ११ संगठनमा ७ सुदूरपश्चिमका भएकाले यही क्षेत्रमा पहिलो जनाधार बन्ने तय गर्दै कटवाल नेतृत्वको नवगठित मञ्चले धनगढीमा घोषणासभा गर्न लागेको हो । उक्त संगठनमा पश्चिम संयुक्त राज्य परिषद्, सेतीमहाकाली संघीय परिषद्, सुप जागरण मञ्च, सेती-महकाली हलिया तथा सुकुम्वासी मूल समिति, द्वन्द्वपीडित सेना प्रहरी संघ, भगौढा माओवादी संगठन र पूर्वराजपरिवार नजिकका व्यक्ति, संघीयता र धर्मनिरपेक्ष विरोधी संघसंस्था यस मञ्चमा आवद्ध हुनेछन् । स्रोतका अनुसार सुदूरपश्चिममा अन्य भूमिगत समूहको तुलनामा अस्तित्वमा आएको भीष्म एकता परिषद् पनि गाभिएको छ । यसमा आवद्ध भूमिगत अन्य संगठनको नाम भने सार्वजनिक गरिएको छैन ।

ध्ानगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै सावदले राष्ट्रिय अखण्डता, प्रजातन्त्र, राष्ट्रियता, शान्ति, संविधान र विकासको पक्षमा वकालत गर्न तथा राष्ट्र र प्रजातन्त्रको रक्षामा सम्पूर्ण नेपालीको सहभागितामा राष्ट्रिय अभियान थाल्न मञ्च गठन गरिएको बताए ।

उनले अहिले शान्ति र संविधान बनाउने जिम्मेवारी लिएका दल अक्षम अवस्थामा पुगेकाले अर्को जनाधार प्राप्त शक्ति निर्माण गर्न सहासी योद्धा र राष्ट्रप्रति बफादार व्यक्ति समावेश गरेर कटवाल नेतृत्वमा एकीकृत गर्न लागेको हो ।

Read Full Discussion Thread for this article