Posted by: _____ April 12, 2011
जनताको पैसा कसरी खर्च गर्ने? राजा त्रिभुवन बाट सिक्ने कि ?
Login in to Rate this Post:     4       ?         Liked by
भेषबहादुर थापा

सिंहदरबारसँगै खरानी

झन्डै १२ वर्ष सचिवस्तरको प्रशासकीय सेवामा योजना आयोग, अर्थ मन्त्रालय र राष्ट्र बैँकको गभर्नरको जिम्मा सम्हालेपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट निमन्त्रणा आयो। लेस्टर पियरसन, जो नोबेल पुरस्कार विजेता तथा क्यानाडाका प्रधानमन्त्री थिए, ले अन्तर्राष्ट्रिय विकास अनुसन्धानका क्षेत्रमा संस्था खोलेर काम सुरु गरेका थिए। उनी त्यसको अध्यक्ष थिए भने मलाई उपाध्यक्ष भएर काम गर्न अनुरोध गरएिको थियो।

मेरो धेरै समय प्रशासकीय क्षेत्रमा, त्यो पनि आर्थिक प्रशासनको क्षेत्रमा बितेको थियो। सायद त्यसैका आधारमा होला, अन्तर्राष्ट्रिय विकासका काममा निम्तो आएको। फरक अनुभव, अन्तर्राष्ट्रिय विकास प्रक्रिया र दातृ संस्थाको दृष्टिकोणबाट एसिया, अपि|का र ल्याटिन अमेरकिामा भएका गतिविधिसँग पनि परििचत हुन पाउने मौकाका रूपमा लिएर मैले यसलाई स्वीकारेँ। तत्कालीन सरकारले मलाई अनुमतिसहित बिदा दियो।

त्यसको कार्यकाल झन्डै पाँच वर्षको थियो। क्यानाडामा आफ्नो दुई वर्ष नबित्दै एक बिहान टेलिभिजन हेररिहेको थिएँ, राजा महेन्द्रको स्वर्गारोहणको खबर प्रसारण भइरहेको थियो। ज्यादै दुःख लाग्यो। मलाई बिदा दिने बेलामा राजा महेन्द्रले भनेका कुरा सम्झना आयो। त्यसबेला उनले भनेका थिए, "सानै उमेरमा ठूल्ठूला काम गर्‍यौ र अनुभव पनि प्राप्त गर्‍यौ। म हृदयको रोगी, मेरो परविारको अल्पायु भएको इतिहास छ। म नभए पनि अनुभव प्राप्त गरेका धेरै व्यक्तिहरूको समूह बनिसकेको छ। यो राष्ट्रलाई विदेशीको दबाब र प्रभावबाट जोगाउन मैले हाँक मात्र दिएको हुँ। काम गर्ने प्रशासनले नै हो। हुन त अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो ठाउँ ओगट्नु नेपालको हितको कुरा हो। त्यसैले तिमी जाऊ तर धेरै समय नबस।" मनमा धेरैबेरसम्म यी कुरा खेलिरहे।

त्यति मात्र होइन, राजा महेन्द्रले मलाई पढ्दापढ्दै सचिवको पदमा नियुक्त गरेका थिए। राजा वीरेन्द्रसँग पनि उनी युवराज छँदा भिन्न किसिमले सम्पर्कमा रहेर परििचत हुने मौका पाएको थिएँ। खास गरी आर्थिक विषयमा कुराकानी हुँदा राजा महेन्द्रले सधैँ 'भावी राजा भएकाले आर्थिक क्षेत्रका सबै कुरा उसलाई सम्झाऊ' भन्थे। यस्ता धेरै कुरा मनमा खेले। त्यसपछि म त्यहाँबाट सरासर नेपाल फर्किएँ।

म सरासर राजा वीरेन्द्रकहाँ गएँ। उनले बुबाका पालामा अनुभव प्राप्त गरेका सबै मानिसको सहयोग चाहिने भन्दै मलाई पनि र्फकन र आर्थिक प्रशासनमा सहयोग गर्न भने। कर्मचारीबाट राजीनामा दिइसकेको र राजनीति गर्ने कुनै इच्छा नभएको कुरा दर्साउँदा उनले अरू कुरा त राजनीतिक व्यक्तिले नै सम्हाल्छन् तर विदेशनीति र आर्थिक प्रशासनमा 'टेक्नोक््रयाटिक' पृष्ठभूमि भएका व्यक्ति खोजिरहेको बताए। यी विषयमा व्यापक दृष्टिकोण राख्नुपर्ने भएकाले संकीर्ण राजनीतिक विचारधाराभन्दा अलग रहेकाहरूको खोजी गररिहेको बताउँदै उनले आर्थिक प्रशासनको जिम्मा लिएर अर्थमन्त्रीको पद सम्हाल्न पनि भने।

एक हिसाबले खुसी लाग्यो। राजा वीरेन्द्र मेरो नजरमा भद्र, शिष्ट र अत्यन्त भलाद्मी स्वभावका थिए। राष्ट्रप्रति समर्पित त्यस्ता व्यक्ति कमै हुन्छन्। राजा महेन्द्रको चतुर्‍याइँ र राष्ट्रवादको गहिरो छापको केही प्रभाव त अवश्य थियो, वीरेन्द्रमा। तर, बेलायत, जापान, अमेरकिामा पढेका उनको दृष्टिकोण अलिक व्यापक थियो। त्यसैले म बीचमै आफ्नो काम छोडेर आउन राजी भएँ र क्यानाडा पुगेर पदबाट राजीनामा दिएँ।

नेपाल फर्किने क्रममा सपरविार बेलायतमा बसेका थियौँ। सिंहदरबार आगलागीको खबर आयो। र, नैतिक जिम्मेवारी लिँदै तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएको सुनेँ। मेरो मनमा आफूले अर्थसचिवको पद सम्हाल्दाको एउटा घटना ताजा भएर आयो।

यादवप्रसाद पन्तपछि म अर्थसचिव भएको थिएँ। पन्तबाटै मैले बुझबुझारथ अर्थात् जिम्मेवारी लिएको हुँ। त्यसबेला मन्त्रालयमा ठूलो काठको दराजमा थुप्रै अति गोप्य आर्थिक कारोबारका फाइलहरू थिए। त्यहाँ अर्थसचिवबाहेक कसैको पहुँच थिएन। मैले काम सम्हालेको केही दिनपछि त्यसभित्र के छ भनेर हेरेँ। अध्ययन गर्दै जाँदा त्यहाँ त राणाकालपछि भएको नेपालको श्रीसम्पत्ति कुनकुन ठाउँमा के-कति छ, अन्तर्राष्ट्रिय क्षेत्रमा के-कति कारोबार भएको छ, सरकारको संकलित पुँजी अन्तर्राष्ट्रिय बैँक र अन्यत्र कहाँ कति लगानी भएको छ भन्ने विवरण भेटियो। साथै, दरबार र नेपाल सरकारका बीच भएको खर्च-आम्दानीका कागजपत्र हेर्दा यसको ऐतिहासिक महत्त्व ज्यादै ठूलो रहेको महसुस भयो।

पदीय गोपनीयताको हदका कारण सबै कुरा बाहिर ल्याउन मिल्दैन। बाहिर ल्याउन मिल्नेमध्येको एउटा प्रसंग भने रोचक छ। त्यसले २००७ साललगत्तै मुलुकमा प्रजातान्त्रिक परपिाटीको सुरुआती अभ्यास र आर्थिक प्रशासनबारे जानकारी दिन्छ। ती कागजातमा राजा त्रिभुवन औषधोपचारका निम्ति स्वीट्जरल्यान्ड जाँदा नेपालमा कार्यरत दुई बंगाली डाक्टरको सिफारसि सुरक्षित थियो। राजाले 'टी' लेखिएको लेटरप्याडमा प्रधानमन्त्रीसँग खर्च माग गर्दै अनुरोध गरएिको थियो। यो पढ्दा मलाई दरबार र सरकारबीचको सौहर्दता र प्रजातान्त्रिक प्रक्रियाप्रति राजाको प्रतिबद्धता कुन हदसम्म रहेछ भन्ने थाहा भयो।

कागजात अनुसार, राजाले प्रधानमन्त्रीसँग हरहिसाब बुझाउने गरी खर्च माग गर्दा रहेछन्। प्रधानमन्त्रीले अर्थमन्त्रीलाई सम्बोधन गरेर 'नियम-कानुन अनुरूप रति पुर्‍याएर दिनुहोला' भन्ने सिफारसि पत्र पठाउँदा रहेछन्। र, अर्थमन्त्रीले अर्थसचिवलाई निर्देशन दिने रहेछन्। यसबाट प्रजातान्त्रिक अभ्यासका प्रारम्भिक दिनमा अपनाइएको अनुशासनको प्रतिबद्धता झल्किन्थ्यो।

सिंहदरबारमा लागेको आगोले यस्ता अरू कति महत्त्वपूर्ण अभिलेखहरू गुमाउनु पर्‍यो होला। तर, मेरा लागि भने ती नै ज्यादै महत्त्वपूर्ण थिए। अर्थसचिवका नाताले ती कागजात देख्ने अन्तिम व्यक्ति सायद मै थिएँ।

अब यी कुरा केही मानिसहरूको स्मरणमा मात्र बाँकी छन्। अरू त सबै त्यही आगोले स्वाहा भयो। सामन्ती समाजबाट प्रजातान्त्रिक अभ्यासमा पदार्पण गररिहेको नेपालको त्यसबेलाको त्यो तस्िबर आज पनि सबैका लागि महत्त्वपूर्ण छ।
Read Full Discussion Thread for this article