राख्नु भाको थियो र बिहान चियासँग मात्रा खान पाउथें। 'चिउरे' पनि भन्ने गर्थे मलाई घरमा पछी सम्म। एक तपेश चिउरा, एकै ठाँउ बसेर सक्काइ दिन्थे। मैले - ' पहिले दे अनी मात्र' भने। दाई दौडेर भान्सामा पस्यो र एउटा पोलिथिनको झोलामा पोको पारेर ल्यायो। 'ला यो गोजिमा हाल र उता गएर खा' म दौडेर मन्दिर पछाडि पुगे र पकापक खान थाँले। मलाई सिङगडा (समोसा) पनि खुब मन पर्ने। एक चोटि त मैले ६-७ ओटा खाइदिये एकैचोटि, भोली पल्ट छेर्पाटी लागेर २-४ दिन स्कुल छुट्यो। अनी त मेरो सिङगडा आमाले बन्दै गरिदिनु भयो। उही आकलझुकल कोइ पाउना आए भने-फर्किने बेलामा २-४ रुपैयाँ 'ला चक्लेट खा' भनेर दिन्थे, अनी म दौडिन्थे मधेसिको सिङगडा दोकान। मामा घर गइयो भने चै टन्नै खान पाइन्थियो हजुरामालाई फकाएर। 'मेरो कान्छो नातीलाई खान पनि दिएनन' भन्दै थैलोबाट दुई रुपैयाँ खोतलेर निकाल्दै दिनु हुन्थियो। त्यही भएर मलाई कहिले मामाघर जान पाइएला लागिरन्थो ।