Posted by: bolyokipolyo April 8, 2011
Login in to Rate this Post:
0
?
भाग-२
बुद्दीसागर-भर्खरै घरमा सेतो गाई ल्यएको थियो। हामी भुराहरुलाई के चाहियो। त्यही गाईको वरिपरी हुन्थियौँ दिनै भरी। गाईलाई हामीले 'गौरी' नाम देको थियौँ। आमाले घाँस काटेर ल्याएको देख्नासाथ दौडेर बोरा खोस्न जाने। 'आज गौरिलाई म घास खुवाउछु' भनेर जिद्दी हुन्थियो। म घरको सबै भन्दा कान्छो। म रोइ दिन्थेँ र आमाले 'भैगो नि भाईलाई किन रुँवाउछौ हँ, तिमीहरु ठुला भएर जिद्दी नगर, अहिले भाईलाई देओ' भनेर हकार्नु हुन्थियो। दाई-दिदी मलाई कस्तरी हेर्थे र मुर्मुरिदै अर्कैतिर लाग्थे। कान्छो हुनुको फाईदा मैले भर्पुर उठाउथे। आमा-बा पनि सानो छ भनेर मेरै साइड लिने। मैले पछी बुझ्दै जाँदा कान्छो भनेको काखको छोरो भएर होला, प्राय: बढी माया पाउने गर्दा रएछन कान्छाहरुले। मेरो हजुरामा पनि कान्छा मामालाई औधी माया गर्ने। दाई अली छुक्छुके स्वभावको,म सँग जिस्किरनु, मलाई चलाइरनु पर्ने। म फेरी ठ्याकै उल्टा। मलाई ति सब मन नपर्ने। यही कारणले मेरो र दाईको उ बेलामा खुब 'फाइट' हुन्थियो। दिदी भने बिचमा। सानै देखी त्यो समजदार लाग्थियो। परिपक्क खाल्की। मलाई त दाईलाई सम्झाउन खोज्ने। तर हामी कुकुर बिराला भन्दा काम थिएनौ। मलाई याद छ आमा कहिले काहीँ वाक्क भाको। एक दुई फेर त मैले रोको पनि देखेको छु। त्यो बेलाको मेरो बुझाईले आमा पक्कै पनी हाम्रो कारणले रुनु भा जस्तो लाग्थियो। सार्है नरमाइलो लाग्ने त्यो कलिलो मनलाई। दाई सार्है फुर्तिलो र दरो पनि थियो। सानो कालो अनुहार,सबै ले मन पराउथेँ, बिशेषत: केटीहरुका माझ उ पपुलर हुन्थियो। पछी सम्म पनि त्यस्तै। मैले उस्लाई बोलाउने बिभिन्न नाम थिए- चोर, काले, डिंङर, मुसर, हब्सी, र सबै एकै चोटि भन्नु पर्दा 'चोकाडीमुह'। दिदिको नाम - झुम्राकी पुतली (झुम्री)। मेरो चाँही घोइरे (दिदिले) र गु (दाइले)। पछी स्कुल पढदा साथी-भाइले अरु नाम पनि दिए।

Last edited: 08-Apr-11 11:55 AM