Posted by: shareds April 7, 2011
ल हेर्नुस नेपालीको रगत चुस्ने ...NEPALI VAMPIRES!!!!
Login in to Rate this Post:     0       ?        
तपाई हामी मध्ये कोही विदेशी मिडियासँग राम्रो सम्पर्कमा हुनुहुन्छ र त्यस्ता मिडियाहरुमा यस खबरलाई सम्प्रेषण गरिदिन सक्नुहुन्छ भने अत्यन्त राम्रो हुने थियो । यो काम गरौं त्यसले नेपालको इतिहासमा नै सबैभन्दा बढि ठुलो राजश्व घोटाला काण्डलाई अन्तराष्टिय स्तरमा पुराउने थियो । त्यसबाट नेपालको धनलाई विदेशमा पुराउनेहरु विदेशमा नांगिने थिए भने नेपालको राजनैतिक नेतृत्वलाई तीनीहरुलाई कारवाही गर्न चर्को दवाव पर्ने थियो । जसको कारण नेपालमा शुसासन, भ्रष्टाचार मुक्त समाज आदीको नारा दिने दाता राष्टहरुलाई पनि नैतिक दवाव पर्ने थियो । उनीहरुले पनि केहि बोल्न वाध्य हुने थिए । दाता राष्टका दुतावाससँग सम्पर्क भएका मानिसहरुले यसबारेमा lobbying गर्न परयो । माइसन्सारका संचालक साथीहरुले ठुलो जोखिमका साथ सम्प्रेषण गरेको समाचारमा कमेन्ट मात्रै नगरौं । आफ्नो कतव्र्य पनि निर्वाह गरौं । यस्ता समाचारहरुलाई आफ्नो फेसवुक, टुइटरमा राखेर धेरै भन्दा धेरै पाठकको मा पुराऔं । यो पनि भ्रष्टचारीहरु विरुध्दको नयाँ आन्दोलन हो त्यसमा सहभागी हौं। सुचना हाम्रो अधिकार हो । सचेत नागरिकको रुपमा आफ्नो कतव्र्य निर्वाह गरौं ।
Read Full Discussion Thread for this article