Posted by: timi_mero_sathi April 5, 2011
आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को लागि
Login in to Rate this Post:     0       ?        
ल इ खनाल त आफ्नो काम मा निकै अड्दी लिने  मान्छे रहेछन, नेपाली नेता हरु राज्दुताबास धौछन, इन्ले  त चाइनिज राज्दूत  सँग पनि आफ्नो कुरा मनाएरै छोडेछन

एस्ता मान्छे लाई पनि उस्ले भनेको, तेस्ले सुनेको, भन्दै पाखुरा सुर्कदै आरोप लगाउन तम्सने हरु ले कस्लाई फाईदा पुराइ रहेका छन कुन्नी, कही कर छल्ने का मतियार त होइनन तिनी हरु ?
म त तेस्ता मान्छे लाई फेरी challenge गर्छु, हिम्मत छ भने प्रमाण शाहीत  इन्को पर्दफस गरम, होइन भने राम्रो काम गर्ने को किन बिरोध गर्ने? काग ले कान् लाग्यो कसैले भन्यो भने कान नछामिक्न  काग को पछाडि दौदने किसिम को बिद्द्वन किन बन्ने ?
तलको कुरा साचो हो भने इन्ले त निक्कै हिम्मत गरेक रहेछन ,


चमेलियामा ६५ करोड राजस्व छली

 

काठमाडौ, चैत्र २१ -
चमेलिया जलविद्युत् आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनी चाइना गेजाउ वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड -सीजीडब्लूजीसी) ले ६५ करोड रुपैयाँ बराबरको सामान खरिद गरेको नक्कली बिल बनाएर राजस्व छलेको भेटिएको छ ।

ठेकेदारले आर्थिक २०६५/६६ देखि गत मंसिरसम्म २ अर्ब १९ करोड रुपैयाँ बराबरको खरिद देखाएको थियो । 'बिलको ३० प्रतिशत त नक्कली खरिद रहेछ,' ऊर्जासम्बद्ध स्रोतले भन्यो । आन्तरिक राजस्व विभागले अनुसन्धानबाट नक्कली बिल प्रमाणित भएपछि मूल्य अभिवृद्धि कर -भ्याट) बापत १९ करोड रुपैयाँ तिराउने निर्णय गरी आयकर निर्धारणका लागि ठूला करदाता कार्यालयमा फाइल पठाएको छ ।

नक्कली बिलमा उल्लेख अंकमा १३ प्रतिशत भ्याट र शतप्रतिशत जरिवाना जोडेर उक्त रकम निर्धारण गरिएको छ । अब बिलको अंकमा २५ प्रतिशत आयकर, शतप्रतिशत जरिवाना र ब्याज जोडिन्छ । 'ठेकेदारले तिर्नुपर्ने करिब ५० करोड रुपैयाँ हुनेछ,' स्रोतले भन्यो ।

दार्चुलाको बलाचमा बनिरहेको चमेलिया आयोजना समयमा नसकिने देखिएपछि विद्युत् प्राधिकरणले बोर्ड सञ्चालक समिति सदस्य मुकेश काफ्लेको संयोजकत्वमा अध्ययनसमेत गरेको थियो । काफ्लेको अध्ययनले भने काम हुन नसक्नुको कारण र अहिलेसम्म भएको भुक्तानीको अवस्था अध्ययन गरेको थियो ।

भुक्तानी भइसकेकोमध्ये करिब ५० करोड रुपैयाँ अस्वाभाविक देखिएको अध्ययन प्रतिवेदन प्राधिकरण बोर्डलाई बुझाएको छ । 'पावरहाउस बनेको ठाउँको भिरालो जग्गा व्यवस्थापनमा खर्च गरिएको भनिएको ४० करोड र बाढी सफा गरेको भनिएको १० करोड रुपैयाँको भुक्तानी अस्वाभाविक देखिएकाले परामर्शदातालाई पुनरावलोकन गर्न भनिएको छ,' काफ्लेले भने ।

काफ्लेले अध्ययन गर्दा नक्कली बिलबारे नबुझिएको तर कर छली भएको प्रमाणित भए प्राधिकरणले गम्भीरतापूर्वक लिने बताए । 'नक्कली बिलमार्फत कर छली भएको प्रमाणित भए कम्पनीलाई कालोसूचीमा राख्न सकिन्छ,' उनले भने । ठेकेदार कम्पनीले बन्दका कारण खर्च बढेको भन्दै थप ६० करोड रुपैयाँ मागेको छ । मागबारे प्राधिकरणले छानबिन गरिरहेकाले अझै भुक्तानी हुन बाँकी छ ।

ठेकेदारले कम्पनीले राजस्व छलीको अनुसन्धानका लागि बोलाउँदा सुरुमा अटेर गरी चिनियाँ दूतावास गुहारेको थियो । तर अर्थसचिव रामेश्वर खनालले राजदूतलाई भेटेर राजस्व छल्नु हदैसम्म जालसाजी भएको जनाई अनुसन्धानमा सम्झौता नहुने भनेपछि ठेकेदार कम्पनी बयानका लागि हाजिर भएको थियो । 

सञ्चालक समितिको बैठक बस्न नसकेका कारण उसको दाबीमा निर्णय हुन सकेको थिएन । यसैबीच ठूलो परिमाणमा नक्कली बिल प्रयोग गरी खर्च बढी देखाएको जानकारी अर्थले गराएपछि उसले भुक्तानी पाउने सम्भावना टरेको थियो । 

ठेकेदारले आयोजना निर्माणस्थलभन्दा करिब नौ सय ६० किलोमिटर दूरीमा रहेको राजधानीबाट सिमेन्ट, छड, काठलगायत निर्माण सामग्री खरिद गरेको बिल भेटिएपछि अनुसन्धान सुरु गरिएको थियो । 'ठेकेदारले ६१ वटा र्फमका नामका नक्कली बिल प्रयोग गरेको पाइयो,' सम्बद्ध स्रोतले भन्यो ।

ठेकेदारले सुरुमा नक्कली बिल बिक्रेतासँग बिल खरिद गरी पछि आपै+mले छपाएर तयार गरेको पाइएको छ । सामग्री खरिद गर्ने कम्पनीको पनि बिल आफैंले छापेर खरिद बढी देखाएको छ । 'उसले सामान खरिद गर्ने धनगढी र महेन्द्रनगरका हार्डवेयर पसल र पेट्रोल पम्पका बिल आफंैले छापेर बढी खरिद देखाएको पाइयो,' सम्बद्ध स्रोतले भन्यो । यस्ता बिल ९ करोड रुपैयाँभन्दा बढीको भएको स्रोतले जनाएको छ ।      

उसले तीनकुने, कोटेश्वर, चाबहिलस्थित मिलहरूबाट काठ किनेको बिल बनाएको थियो । 'काठ मिलले सर्वसाधारणलाई बिल नदिई बिक्री गरेको परिमाण बराबरको बिल चमेलियाको नाममा काटेर दिएको फेला पर्‍यो,' सम्बद्ध स्रोतले भन्यो । नौवटा काठ मिलका ५ करोड रुपैयाँका यस्ता बिल फेला परेको छ । 

नक्कली बिल प्रकरणसँगै ठेकेदार कम्पनीको काम पनि सन्तोषजनक देखिएको छैन । सन् २०११ डिसेम्बरसम्म निर्माण पूरा हुनुपर्ने ३० मेगावाट क्ष्ामताको यो आयोजना कम्तीमा दुई वर्ष लम्बिने प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

टनेल खन्ने काममा कमजोर भूबनोटका कारण समस्या भइरहेको छ । ५ सय मिटर टनेल कमजोर माटोमा भएकाले एक दिनमा एक मिटरमात्रै खन्न सकिएको छ । यसबाट कम्तीमा दुई वर्ष ढिलाइ हुने अनुमान छ ।

यसै भूबनोटका कारण आयोजना सञ्चालन हुन १० महिना ढिला भएको थियो भने थप ७० करोड रुपैयाँ व्ययभार परेको थियो । यसबाट करिब ३ अर्ब रुपैयाँको आयोजनामा थप १ अर्ब भार थपिने अवस्था छ ।


प्रकाशित मिति: २०६७ चैत्र २२ ०८:०१

Read Full Discussion Thread for this article