Posted by: Smooth April 1, 2011
Ramechore or Rameshore
Login in to Rate this Post:     0       ?        

पाल्पा दैनिकका सम्पादकलाई जेल हाल्ने धम्की

यज्ञमूर्ति तिमिल्सिना/ पाल्पा चैत १८ �

अर्थसचिव रामेश्वर खनालको समाचारको विषयलाई लिएर खनालका आफन्तले जिल्ला स्थित पाल्पा दैनिकका सम्पादक टेकनारायण भट्टर्राईलाई जेल हाल्ने धम्की दिएका छन् ।
पाल्पाको एक मात्र दैनिक पत्रिका पाल्पा दैनिकले बिहीवारको अंकमा मुड अफ भएर अर्थ सचिव खनाल काठमाण्डौंबाट सुटुक्क पाल्पा आए शीर्षकमा समाचार प्रकाशन गरेपछि उक्त समाचार गलत भएको भन्दै पत्रकार भट्टर्राईलाई धम्की आएको हो ।
पत्रकार भट्टर्राईका अनुसार अर्थ सचिब खनालका कान्छा काका शीवचन्द्र खनालले बिहीवार साँझ ८ बजेको समयमा ९८४७११३१९१ नम्वरको मोवाइलमा बाट टेलिफोन गरि काठमाण्डौं भए काठमाण्डौ र पाल्पा भए पाल्पामै जेल हाल्ने धम्की दिनुभएको थियो । पीडित पत्रकार भट्टर्राईले भन्नुभयो, खनालजीले मलाई बाटोमा एक्लै हिडेको बेला जे पनि हुन सक्ने भन्दै निकै चुनौती समेत दिनुभयो ।
गत बुधवार अर्थ सचिव खनालले तानसेन ध्रुवघाट स्थित आफ्नो जन्म घरमा रात बिताएको भन्ने समाचार गलत र कपोकल्पित भएको भन्दै अर्थ सचिव खनालका आफन्तले सम्पादक भट्टर्राईलाई पटक पटक धम्की दिदै आएका छन् । पत्रकार भट्टर्राईले भन्नुभयो, अर्थ सचिवका काकाले धम्क्याउने बित्तिकै भैरहवाको ०७१ ५४३३१३० नम्वरको टेलिफोनबाट अर्को धम्की आएको थियो । टेलिफोन वाला दामोदर खनालले आफू अर्थ सविच खनालको आफन्त भएको भन्दै समाचारलाई सच्याउन लगाएका थिए । सम्पादक भट्टर्राईले भन्नुभयो, दामोदर जीले मेरो मोवाइलमा सर्म्पर्क गरि हावा दारीमा समाचार लेख्ने तुरुन्त सच्याइहाल्नुस् नचाहिने समाचार लेख्ने भन्दै नराम्रो शव्दमा बोल्नुभयो ।
सम्पादक भट्टर्राईलाई धम्क्याएको विषयमा पाल्पा स्थित पत्रकारसँग सम्वद्ध संस्था र सञ्चारसंस्थाहरुले दुःख ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पा, प्रेस चौतारी पाल्पा, क्रान्तिकारी संघ, नेपाल प्रेस युनियन लगायतले समाचारकै विषयलाई लिएर धम्क्याउनु सरासर गलत भएको ठहर गरेका छन् । पत्रकार निकट संघ सस्थाहरुले घटनाको सत्य तथ्य छानविन गरि दोषी ब्यक्ति माथि कारवाहीको माग समेत गरेका छन् ।

http://dainikee.com/newsdetail-20964.html#
Read Full Discussion Thread for this article