Posted by: kbhom1 April 1, 2011
अर्थमन्त्री भरत मोहन अधिकारीद्वारा राजिनामा ....................
Login in to Rate this Post:     0       ?        
अर्थमन्त्री भरत मोहन अधिकारीद्वारा राजिनामा ....................

अर्थमन्त्री र कांग्रेस सभासदबीच जुहारी

काठमाडौं, १८ चैत :  अर्थसचिव रामेश्वर खनालको राजीनामा लगायतका आफुले उठाएका विषयको प्रधानमन्त्री झलनाथ खनालले जवाफ नदिएपछि नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेको छ । खनालको राजिनामा प्रकरण, मुलुकको शाति सुरक्षा र भरतपुर क्यान्सर अस्पतालका निर्देशक प्रकरणबारे सरकारको धारणा माग्दै कांग्रेसले बुधबारको बैठक पनि अवरुद्ध पारेको थियो । शुक्रबार संसद बैठकको सुरुमै कांग्रेसका राशरण महतले सरकारले विकास खर्चका लागि छुट्याएको रकम रकमान्तर गर्न खोजेर आर्थिक विश्रृखलता ल्याउन लागेको भन्दै आपत्ति जनाए  ।

यसैगरी कांग्रेस प्रमुख सचेतक लक्ष्मण घिमिरले राजिनमा प्रकरण लगायतका आफुहरुले उठाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने बताए । त्यसलगतै सभामुख सुभाषचन्द्र नेम्वाङले सदनको नियमित कारबाही अगाडि बढाउन खोजेपछि कांग्रेस सभासदहरु उठे । त्यसक्रममा उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले जवाफ दिन खोजेपनि कांग्रेस सभासदहरुले त्यसलाई अस्वीकार गरे ।

त्यसक्रममा कांग्रेस सभासद र अर्थमन्त्रीबीच म जवाफ दिन्छु र हुन्न भन्ने जुहारी चल्यो । जुहारीलाई रोक्दै सभामुखले सम्पूर्ण सभासदहरु नबसेको अवस्थामा सदन सञ्चालन गर्न नमिल्ने व्यवस्था अर्थमन्त्री अधिकारीदलाई सम्झाए । सभामुखले कांग्रेसले उठाएका विषयहरुमा जवाफ दिन अर्थमन्त्रीले समय मागेको भन्दै पटक पटक आग्रह गरेपनि कांग्रेस सभासदहरुले त्यसलाई अस्वीकार गरे ।

कांग्रेस सभासद गोपालमान श्रेष्ठले राष्ट्रिय महत्वका विषयमा जवाफ दिन नभ्याउने प्रधानमन्त्री जिल्ला जिल्लामा विद्यालय उद्घाटन गर्नु हेलिकप्टर हिड्न समय हुने भन्दै प्रश्न गरे  । कांग्रेस सभासलहरुले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राख्दै आफ्नो सिटमा बस्न अस्वीकार गरे ।

आफ्नो पटक पटक आग्रहलाई अस्वीकार गर्दै कांग्रेस सभासदहरु बस्न नमानेपछि नेम्वाङले संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे ।

Source: www.mechikali.com


Read Full Discussion Thread for this article