Posted by: sukla March 28, 2011
नेपाल खान लाग्यो है !
Login in to Rate this Post:     0       ?        
आहारिसको असर
हतारहतार दिल्ली पुगे पनि मधेसवादी दलका नेताहरुले देवी वा देउताको दर्शन भने पाएनन्। तिनले आफ्ना बिन्ती भैरव र हनुमानसामु बेलिविस्तार लगाएर आए। बरु राष्ट्रिय राजनीतिमा नगन्य प्रभाव भएको जनशक्ति पार्टीका सर्वेसर्वा सूर्यबहादुर थापाले राम्रै स्वागत-सत्कार पाएका थिए। तर, तीर्थस्थलमा जति नै दुत्कार पाए पनि घर फर्केर देवीदेउतामात्र नभएर पुरोहित-पण्डाहरुको समेत गुणगाणमा मधेसी भक्तजनहरु लागेका छन्। जनभक्तिको साटो स्वामीभक्त बन्ने तिनको चेष्टाले मधेसी पहिचानलाई भने झनै तिरस्कार गर्न बाहुनवादीहरुलाई हौस्याएको छ। एउटा छात्रवृत्ति, आफन्तका लागि ग्रिनकार्ड वा नोकरी र ठेक्कापट्टाका लागि मुलुकको बृहत्तर हित बन्धकमा राख्ने वा बिक्री गर्ने हदसम्म उत्रिनेहरु मधेसी समुदायलाई देशभक्तिको पाठ पढाउने भइटोपलेका छन्। तिनलाई त्यो हिम्मत दिल्ली तीर्थाटनबाट फर्केका मधेसवादी नेताहरुले उपहारमा दिएका हुन्।

From CK Lal's article ..... He says --- बाहुनवादीहरु == एउटा छात्रवृत्ति, आफन्तका लागि ग्रिनकार्ड वा नोकरी र ठेक्कापट्टाका लागि मुलुकको बृहत्तर हित बन्धकमा राख्ने वा बिक्री गर्ने हदसम्म उत्रिनेहरु


Read Full Discussion Thread for this article