Posted by: Narayangarh suburb March 25, 2011
TGIF:माली म
Login in to Rate this Post:     0       ?        
 म भौतारिदै थिए, 
प्यासी भएँ
तिम्रो समिपमा
 
सपना बुन्नमा ब्यस्त,
तिमीलाई गुमाउने त्रास थिएन
म्रितुपरन्तको प्रतिक्षा नै रिक्त
 
नयाँ बाटो रोजे,
सहयात्री पनि
गुनासो तिम्रो जायज छ र? 
 
खुशी मात्रा हो या गुणस्तर,
पियको छु र बाचेको पनि 
अमृत पक्कै हैन!
 
उज्यालो देखिको दुरी,
तिम्रो र मेरो समिप्यता
तन्काउने खुम्चाउने तिम्रै जिम्मा
 
एउटा माया सपना भयो
अर्को दुर्घटना
सपना नदेख्ने प्रयास छ
दुर्घटना हातमा छैन 
 
बगैचा म फुलेको फूल रैछौ
मैले टिपिन
माली मै मात्र होकि? 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Read Full Discussion Thread for this article