Posted by: Ajneya March 25, 2011
Asylumee travel to nepal
Login in to Rate this Post:     0       ?        
शरणार्थी र यस्का आधारमा ग्रीनकार्ड पाउनेले घर फर्कदा बिचार गर्नुपर्ने कुराहरु 
February 21 2011
 
 

विनोद रोका, एर्टनी एट ल न्यृर्योक

नेपाली वा अन्य विदेशीले अमेरिकामा आएर एजाईलमको निवेदन दिएका एजाईलीको हैसियत प्राप्त गरेका एजाइलीको आधारमा ग्रीनकार्ड पाएका व्यक्तिहरुले आफ्नो बसेको देशमा गएर पुनः फर्कि अमेरिका आउदा के कस्ता कानुनी समस्या आउछन वा जानुपर्दा के कस्ता कागज बनाएर जानुपर्छ भनि जिज्ञासाहरु राखिने गरेको पाईन्छ।

यस सन्दर्भमा अमेरिकी अद्यागमन कानुनले गरेको कानुनी व्यवस्थाको बारेमा सामान्य जानकारी दिने प्रयास यहा गरिएको छ। 

अमेरीकामा एजाईलमको निवेदन दिई कार्वाही चलि रहेको तर निर्णय भने भई नसकेको अवस्थामा कृनै विदेशी व्यक्तिले अमेरिका छाडी बाहिर जानृ पर्दा अध्यागमन कार्यालय समक्ष एडमान्स पेरोलको लागि Refugee Travel Document (RTD) पाउन I-131   नामक फाराममा मागिएको विवरणका अतिरिक्त अमेरिका भन्दा बाहिर जानु परेको कारण खोल्नृ पर्दछ। यसरी दिएको निवेदन स्वीकृत भएमा व्यक्तिलेृ RTDपाउछ जस्ले धेरै हदसमम पासपोर्ट सरह मान्यता प्राप्त गर्दछ र यस्को मान्यता अवधि १ बर्षसम्मको हृन्छ। त्यस्तै एजाइलीको स्टाटस पाएका वा यस्को आधारमा ग्रीनकार्ड पाएका व्यक्तिले पनि RTD लिएर जानु पर्दछ।

एजाईलमको निवेदन बिचाराधिन रहेको अबस्थामा यातना पाएको वा पाउने सम्भावना रहेका छ भनिएको देशमा RTD लिइ वा नलिई कृनै विदेशी गएको अवस्थामा एजाइलमकाृे मागदावी त्यागी गएको भन्नृे अनृमान गरिन्छ जबसम्म यो अनृमानलाई विदेशी व्यक्तिले त्यो देशमा नगइ नहृने कारण र आधार प्रमाणित गर्न सक्दैन। सामन्यतया अदालतले यस्तो कारण भन्नाले अस्वस्थाको कारणले आमा बाबृ वा नजीकको नातेदार मृत्यृको नजीकै पृग्न आटेको अबस्था परी गएको हो भन्ने प्रमाणित गरेमा एजाइलमको मागदावी त्यागेको होइन भन्ने मान्यता दिने गर्दछ।

एजाईलीको स्टाटस पाएका विदेशी व्यक्ति यातना पाएको वा पाउने सम्भावना रहेको देशमा गएमा कानृनी तथा अन्य समस्याहरुको सामाना गनृ्रपर्ने हृन्छ। कानृनी समस्याको सामाधान विदेशी व्यक्तिले त्यो देशमा नगई नहृने कारण र आधारमा माथि उल्लेख गरिए मुै आफ्ना नजीकका परिवारका सदस्यको अस्वस्थताको कारण देखाउन सक्दछ। तथापि यस्तो कारण देखाएर पनि आउन सक्नृे अरु कतिपय सम्भावित समस्याहरुको भने सजिलै संग समाधान हृन सक्छ भन्न सकिदैन।

यदि कृनै विदेशी व्यक्तिले RTD लिएर यातना पाएको वा पाउने सम्भावना रहेको देशमा पृगेपछि RTD देखाउदा उस्ले कानृनी एवं अन्य कठिनाइको सामाना गनृपर्ने हृनसक्छ। त्यसैगरी त्यो देशमा प्रवेश गर्दा त्यही देशको पासपोर्ट देखाउने तर फर्किएर अमेरिका प्रवेश गर्दा भने च्त्म् देखाउदा पनि समस्या आउन सक्छ किनकि अमृेरीका प्रवेश गर्ने अनृमति भिषा वा च्त्म् नदेखाएको अवस्थामा विदेशी व्यक्तिलाई प्रस्थान कक्ष तर्फ जान र हवाईजहाज चढन दिइदैन।

एजाईलीले यातना पाउने सम्भावना रहेकाृे देशमा पारिवारीक कारणले अकस्मात गई फर्किएर आउनृ पर्दा च्त्म् नलिइ जानृ हृदैन। स्थानीय अद्यागमन कार्यालयऌे सामान्यतया गि्रनकार्डको निवेदन विचाराधिन रहेको अबस्थामा बाहेक RTD उपलब्ध गराउदैन र अद्यागमनको क्षेत्रिय कार्यालय समक्ष दिएको निवेदनमा कार्बाही र्भै आफनो हातमा RTD आईपृग्न तीन महिना सम्म लाग्न सक्दछ। 

अमेरिकाबाट बाहिर गई पृन फर्किएर अमेरिका प्रवेश गर्दाको अबस्थामा Customs and Boarder Patrol (CBP) को अधिकृतले अमेरीकामा प्रवेश गर्न विदेशी व्यक्ति योग्य छ कि छैन भनि जाचबृमु गर्नसक्दछन। यसरी जाचबृमु गरिने बिषयवस्तृमा अपराधिक कार्यमा संलग्न रहे नरहेका विषय देखी लिएर विदेशी व्यक्ति अमुै पनि एजाईलीको परिभाषा भित्र वा स्टाटसमा रहन पाउने हैसियत राख्छ कि राख्दैन भनि निर्णय गर्ने अधिकार पनि राख्दछन। यदी अफिसरले फर्किएर आएको विदेशी व्यक्ति आपृु फर्किएर गएको देशमा रहदा अब निजले यातना पाउने सम्भावना नरहेको वा निजले मृुठृा व्यहोरा देखाएर एजाइलमको स्टाटस पाएको जस्ता तथ्यगत आधार पाएको अबस्थामा स्टाटस बदर गराउनका लागि अद्यागमनको कार्यालय वा अद्यागमन अदालतमा कार्वाहीको लागि पठाउन सक्दछ। 

कृनै पनि विदेशी व्यक्ति आपृुले यातना पाउने सम्भावना रहेको देशमा भेटघाट गर्न गएकै आधारमा एजाइलीकेा हैसियत रद्द गरिनै पर्दछ भन्ने नियम भने छैन। किनकि एजाइलमको स्टाटस बदर वा रद्द गर्नका लागि सरकारले देखाउन सक्नृ पर्दछ कि ँत्याृे देशको परिस्थितीमा अहिले मृलभृत रुपमा परिवर्तन आएको छ र यो विदेशी व्यक्ति यातना पाएको वा पाउने सम्भावना रहेको भनिएको देशमा फर्किएर गएको अबस्थामा अब यातना पाउने सम्भावना छैन यो विदेशी व्यक्तिले त्यो देशमा फर्कि आफृलाई स्वेच्छापृर्वक स्थायी बासीन्दाको रुपमा उपलब्ध गराएको वा त्यस्तो सृबिधा पाउनृे औचित्यता रहेको र व्यक्तिलेृ त्यहाका स्थायी बासीन्दाऌे मुै हक अधिकार र कर्तव्य पाउने औचित्यपृर्ण सम्भावना रहेको छ भन्ने देखाृन पर्दछ। यदि सरकारी पक्षऌे यस्तो अभियोग लगाइ एजाइलमको स्टाटस बदरको लागि कार्वाही चलाएमा एजाईलीऌे त्यो देशमा केबल भेटघाट गर्न छोटो समयका लागि नगइ नहृने कारण परी गएको आपृु त्यस देशमा जादा र त्यो देशबाट फर्किएर आउदा सम्म यातना दिनेबाट आपृुलाई जोगाउन पृर्ण साबधानी अपनाएको जस्ता तथ्यगत आधारहरु देखाउन सक्नृ पर्दछ। यद्यपी प्रतिरक्षाका लागि यस्ता तर्कहरु राख्न सकिने भएपनि अति नै आवस्यकताको कारणले आफै नगई नहृने भएमा मात्र यातना पाउने सम्भावना रहेको दृेशमा जानृ राम्रो हृन्छ।

एजाईलमबाट गि्रनकार्ड पाएको मृख्य विदेशी व्यक्ति आपृुले यातना पाएकेा देशमा छोटो समयको लागि जानृ हृन्छ वा हृदैन गएको अबस्थामा कस्ताृे समस्या पर्न सक्छ आदि प्रश्नहरु आइरहन्छन। केही कानृन व्यवसायीहरुले अमेरिकी नागरिक्ता नपाउन्जेल सम्म यातना पाउने सम्भावना रहेको देशमा जानृ हृदैन भन्ने सल्लाह दिन्छन। केही कानृन व्यवसायीहरुले एजाइलीले गि्रनकार्ड पाइसकेको अवस्थामा देशमा यातना पाउन सक्ने सम्भावना छ भन्ने कृरा संग केही सरेाकार राखेदैन। त्यसै्रले त्यस देशमा गएको कारणले केही फरक पर्दैन भन्दछन भने केहीले आफै नगै नहृने अबस्थामा बाहेक यातना पाउने सम्भावना रहेको देशमा एजाईलमका निवेदक एजाइली वा त्यस्को आधारमा गि्रनकार्ड पाएका बिदेशी व्यक्तिले जानृ हृदैन भन्दछन। किनकि गएको अबस्थामा माथि उल्लेख गरिएका कानृनी एवं व्यवहारीक समस्याको सामना गनृ्र पर्दछ। 

त्यस्तै अर्को बास्तविक समस्या भनेको व्यक्ति यातना पाउने सम्भावना रहेको देशमा गई सकृसल फर्किएर आउदाकाृ अवस्थामा अमेरिकी ऋद्यए अधिकृतले प्रबेश आज्ञा दिनृ भन्दा अगाडी मृुठृा आधार देखाई एजाइलीको स्टाटस लिएको रहेछ कि भनि लगाउन सक्ने अनृमान। तथ्यको आधारमा यस्तो अनृमान लगाइ एजाइलम वा गि्रनकार्ड बदरका लागि ऋद्यए ले अद्यागमन अदालतमा कार्वाही चलाउन सक्दछ।यसरी अनृमान लगाउदा प्राय विदेशी व्यक्तिले गनृ्र परेको भ्रमणको कारण एजाइलम पाएपछि गि्रनकार्ड पाएका्े अबधि आदि पर्दछन। जस्ताृे कि विदेशी व्यक्ति एजाइलम र गि्रनकार्ड पाएको ९।१० बर्ष पछि छोटो अबधिको लागि एक वा दृइ पटक त्यो देशमा गएको अबस्थामा मृुठृाे तथ्यको आधारमा एजाइलम लिएको हो कि भन्ने अनृमान कम रहन सक्ला तर कोही व्यक्ति एजाइलमबाट गि्रनकार्ड पाएको थोरै समयपछि आपृुले यातना पाउने सम्भावना रहेको देशमा गई रहेको अबस्थामा भने जालसाजी गरेको अनृमान गर्ने सम्भावना बढी रहने हृन्छ। त्यस्तै यातना दिने पक्ष सरकार वा कृनै समृह हो त्यस्मा पनि अनृमानको मात्रा फरक पर्न सक्दछ। जस्तोकि सरकारी पक्ष वा कृनै समृहबाट आपृु त्याृे देशमा गएको थाहा पाउने र यातना दिने सम्भावना। सरकार वा समृहले यातना दिने ँ तरिका र पद्दती pattern and practice ” आदिमा भर पर्दछ।


अतः एजाईलीको निवेदन विचाराधिन रहेको अवस्थामा एजाइलमकोृ स्टाटस रहेकॊ अवस्थामा र एजाईलमकाृे स्टाटसबाट गि्रनकार्ड पाएको अजस्थामा समेत व्यक्तिले आपृुले यातना पाउने सम्भावना रहेको देशमा RTD लिएर जानृ पर्दा पनि धेरै बिचार गरेर मात्र जानेगनृ्र पर्दछ। किनकि फर्किएर अमेरिकामा प्रवेश गर्दाको अबस्थामा माथि उल्ऌेख गरिए मुै धेरै कानृनी र अन्य समस्याहरुको सामाना गनृ्रपर्ने हृन्छ। कथंकदाचित अमेरिका प्रबेश गर्दाको अबस्थामा कृनै समस्या परेन भनेपनि अमेरिकाको नागरिक्ता लिनका लागि अन्र्तवार्तामा उपस्थित हृदा अद्यागमन अधिकृतबाट माथिका प्रश्नहरु उठन सक्दछन र एजाईलम तथा गि्रनकार्ड बदरको कार्बाहीमा पर्न सकिन्छ।


०प्रस्तृत लेखमा अध्यागमन सम्वन्धि अमेरिकी कानृनी व्यवस्थाको बारेमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ अध्यागमन कानृनले दिएको सृविधा प्राप्तीका लागिे निवेदन गनृ्रपर्दा एर्टनीको सल्लाह लिनृहोला। 

(तपाईको कृनै कानृनी समस्या भए निशृल्क कानृनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा
binodlawnyc@gmail.com/ www.binodlaw.com मा सम्पर्क राख्न सकिने छ ।)


americadarpan.com/nepali/newsbase/nid/23019
 
Read Full Discussion Thread for this article