Posted by: landlock March 25, 2011
Simple Appeal to CIAA-- Investigate the present and ex-employee of Airport and NAC
Login in to Rate this Post:     0       ?        

अब कसको पालो


दुई-चार करोडको सम्पत्ति त कसको हुन्न अहिले ? बुबामाथि मात्रै यस्तो विपत् आइलाग्यो।'

सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि पूर्वमन्त्री एवं कांग्रेस नेता चिरञ्जीवी वाग्लेलाई पक्रन गएका प्रहरी र काठमाडौँ जिल्ला अदालतका कर्मचारीसामु वाग्लेकी बुहारी अञ्जुले आँसु पुछ्दै यसरी दुःखेसो गरेकी थिइन्। यो विपत्ति वाग्ले परविारमा धेरै ढिला गरी आएको हो। विशेष अदालत ऐन अनुसार, सर्वोच्च अदालतले यो फैसला २०६१ सालभित्रै गरसिक्नुपथ्र्यो। उक्त ऐनमा भ्रष्टाचार मुद्दामा विशेष अदालतले छ महिनाभित्र र सर्वोच्चले तीन महिनाभित्र फैसला गर्नुपर्ने व्यवस्था छ। ऐनद्वारा तोकिएको समयसीमा नघाएरै भए पनि सर्वोच्चले गरेको फैसलालाई ऐतिहासिक मानिएको छ।

विगत नौ वर्षदेखि भ्रष्टाचारको अभियोग बोकिरहेका भए पनि वाग्ले खुलमखुला हिँडिरहेका थिए। नेपाली कांग्रेसले त उनलाई गएको संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फको चुनाव लड्न टिकट नै दियो। त्यसअघि उनी भ्रष्टाचारको अभियोग बोकेरै भए पनि लामो समय सांसद रहे। पुनःस्थापित संसद्मा समेत उनी जान छाडेनन्। कानुनतः भ्रष्टाचारको अभियोग लाग्नेबित्तिकै सार्वजनिक पद धारण गरेका जोकोही व्यक्ति पदमुक्त हुन्छन्। तर, वाग्लेलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दासमेत कानुनको यो प्रावधान लागू भएन। विशेष अदालतको फैसला अनुसारको सजायसमेत उनले भोग्नुपरेन। सर्वोच्चको मुद्दा विचाराधीन रहेको आधार देखाएर उनले यो छूट पाइरहेका थिए।

७ साउन ०६१ मा विशेष अदालतका न्यायाधीशहरू तपबहादुर मगर, गोविन्दप्रसाद पराजुली र भूपध्वज अधिकारीको इजलासले वाग्लेले भ्रष्टाचारबाट २ करोड ७२ लाख ५८ हजार रुपियाँ आर्जेको ठहर गरेको थियो। उक्त फैसला चित्त नबुझेपछि यस मुद्दाका दुवै पक्ष वाग्ले र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

वाग्लेको मुद्दासँग मेल खाने दर्जनौँ मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छन्। तीमध्ये कतिले वाग्ले परविारले जस्तो 'विपत्ति' बेहोर्नुपर्छ भन्ने हेर्न बाँकी छ। तैपनि, वाग्लेको मुद्दाले केही यस्ता नजिरहरू स्थापित गरििदएको छ, जसले नेपालको न्यायपालिका र सुशासनको क्षेत्रमा दीर्घकालीन रूपमा अर्थ राख्नेछन्। साथै, यस मुद्दाले अहिलेसम्म भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय सम्पादनका क्षेत्रमा अनुत्तरति रहेका धेरै प्रश्नको निरूपण पनि गरििदएको छ। यसबाट विचाराधीन अन्य मुद्दाहरूसमेत प्रभावित हुनेछन्।





पाइपलाइनका भीआईपीहरू

खुमबहादुर खड्का, पूर्वमन्त्री

पुनरावेदन मिति ः ०६३/१२/१५

बिगो रकम ः २,३६,८७,६२४।२४

विशेष अदालतको निर्णय ः सफाइ

आगामी पेसी ः १३ चैत



गोविन्दराज जोशी, पूर्वमन्त्री

पुनरावेदन मिति ः ०६३/११/१०

बिगो रकम ः ३,९३,६२,५७६।४५

विशेष अदालतको निर्णय ः खारेजी।

पछिल्लो आदेश ः झगडिया झिकाउने



जयप्रकाशप्रसाद गुप्ता, पूर्वमन्त्री

पुनरावेदन मिति ः ०६४/७/२२

बिगो रकम ः २,०८,०८,०४६।३८

विशेष अदालतको निर्णय ः सफाइ

आगामी पेसी ः ४ वैशाख ०६८



गोकर्ण पौडेल, स्वकीय सचिव, पूर्वप्रम गिरिजाप्रसाद कोइराला

पुनरावेदन मिति ः ०६४/८/४

बिगो रकम ः २,०६,३०,९१६।५३

विशेष अदालतको निर्णय ः खारेज

आगामी पेसी ः ४ वैशाख ०६८



मोतीलाल बोहरा, पूर्वप्रहरी महानिरीक्षक

पुनरावेदन मिति ः ०६४/६/१५

बिगो रकम ः २,३८,२३,६२७।३७

विशेष अदालतको निर्णय ः खारेजी

आगामी पेसी ः १५ चैत



अच्युतकृष्ण खरेल, पूर्वप्रहरी महानिरीक्षक

पुनरावेदन मिति ः ०६४/२/२

बिगो रकम ः १,६३,३६,१३०।४४

विशेष अदालतको निर्णय ः खारेजी

आगामी पेसी ः १५ चैत

-मोतीलालसँगै राखेर हेरएिको)



प्रदीपशमशेर जबरा, पूर्वप्रहरी महानिरीक्षक

पुनरावेदन मिति ः ०६७/६/१३

बिगो रकम ः ३,७७,८१,६३१।०९

विशेष अदालतको निर्णय ः खारेजी

आगामी पेसी ः ६ चैत





नगेन्द्रप्रसाद घिमिरे, पूर्वसचिव, पर्यटन मन्त्रालय

पुनरावेदन मिति ः ०६५/४/२०

बिगो रकम ः १,६९,७६,५३८।९३

विशेष अदालतको निर्णय ः सफाइ

आगामी पेसी ः १७ जेठ ०६८



रामाज्ञाप्रसाद चतुर्वेदी, पूर्वमहाप्रबन्धक, नेपाल वायु सेवा निगम

पुनरावेदन मिति ः ०६२/२/१९

बिगो रकम ः .६,९१,८२,५३५।७९

विशेषको निर्णय ः ठहर

आगामी पेसी ः २१ चैत



चक्रबन्धु अर्याल, पूर्वसचिव

पुनरावेदन मिति ः ०६४/१०/१०

बिगो रकम ः २,६०,८१,५६१।३१

विशेष अदालतको निर्णय ः खारेजी

आगामी पेसी ः १३ चैत



पदमप्रसाद पोखरेल, पूर्वसचिव

पुनरावेदन मिति ः ०६४/७/२२

पछिल्लो आदेश ः ०६७/११/३, झगडिया झिकाउने

बिगो रकम ः १,५१,३८,८९८।५५

विशेष अदालतको निर्णय ः खारेजी



सावित्री राजभण्डारी, सहसचिव, अर्थ मन्त्रालय

पुनरावेदन मिति ः ०६४/१२/६

बिगो रकम ः २,९३,१५,३०७।८३

विशेष अदालतको निर्णय ः खारेज

आगामी पेसी ः ४ वैशाख ०६८



आनन्दप्रसाद खनाल, सह-सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय

पुनरावेदन मिति ः ०६२/८/२९

बिगो रकम ः ३,९७,४०,०७३।३६

विशेष अदालतको निर्णय ः अभियोग ठहर

आगामी पेसी ः २० चैत



ईश्वर पोखरेल, उपसचिव, अर्थ मन्त्रालय

पुनरावेदन मिति ः ०६६/९/२

बिगो रकम ः १,२३,०३,६९५।१७

विशेष अदालतको निर्णय ः अभियोग ठहर

आगामी पेसी ः २२ चैत



केशरजंग खड्का, उपसचिव

पुनरावेदन मिति ः ०६२/४/३२

पछिल्लो आदेश ः ०६७/११/१०, झगडिया झिकाउने

बिगो रकम ः १,४५,६२,१७४।२२

विशेष अदालतको निर्णय ः अभियोग ठहर



खेमराज भट्टराई, निर्देशक, भन्सार विभाग

पुनरावेदन मिति ः ०६७/९/८

बिगो ः २,४५,६३,८७८।

विशेष अदालतको निर्णय ः अभियोग ठहर



अरुणकुमार रञ्जितकार, पूर्वसहसचिव

बिगो रकम ः ३,१९,६७,४३८।५५

विशेष अदालतको निर्णय ः खारेज

 

Read Full Discussion Thread for this article