Posted by: timi_mero_sathi March 22, 2011
कथा-ब्यथा
Login in to Rate this Post:     0       ?        

कथा

 

सोनी को नजर त्यो युबक को चेहरा मा घरि घरि जान्छ , हुन त उ १० घण्टा काम गरेर  आफ्नो कोठा तिर जादै छे  बस मा, निकै थक्लित भएर.  उसले आज भन्दा अघि त्यो युबक लै बस मा देखेको  जस्तो लाग्दैन,

त्योकेटा  सोनी भन्दा दुइ सिट अघाडी छ , सोनी पट्टि नै फर्केर बसेको

उ सोच्छे   किन मेरो आँखा त्यो केटा  पट्टि जान्छ  घरि घरि?  के कारण?

उ त्यो केटा को चेहेरा मा केहि खोज्ने प्रयास  गर्छे,  पक्कै केहि न केहि समानता त हुनै पर्छ , नत्र मेरा आँखा किन तेता  जान्छ ?

उसको नजर त्यो केटा को जुँगामा गएर अड्किन्छ, अलि अलि कैलो,  तल घुम्टो परेको छोटो जुँगा, उ हास्छे, मनमनै, तेही त हो आकर्षण

 

*******************

आज सोनी र राहुल को भेट भएको वर्षा दिन पुरा भयो, उनीहरु एक रेस्टुरेन्टमा डिनर  खादै छन्

सोनी: तिम्रो जुँगा आली लामो भो छोट्याउ 

राहुल: हस सोनी रानी , भोलि छोट्याउछु, कि पुरै फलिदेउ?

सोनी: भो पर्दैन, तिम्रो त्यो जुँगा ले त म फसेको तिमि संग

*****************************************

समय सधै एकै रहदैना, कसै ले चाहदैमा यो रोकिने होइन न यो कसैको चाहना अनुसार मोडिन्छ , सोनी र राहुल छुट्टेको पनि छ महिना भै सक्यो,

सोनी आज काम सिध्यारा घर जानु आघी  समान किन्न मल मा छे,  उसलाई नया Ipod  किन्नु छ , त्यो इलेक्ट्रोनिक्स सेक्शन को केटा  उसलाई I-Pod को सत्ता I-phone राम्रो हुन्छ भनेर  सम्झाउदै छ. हुन त उसको फोन पनि चार वर्ष अघि को पुरानो मोडेल. 

तर किन हो सोनी लाइ त्यो केटा ले भनेको कुरा भन्दा उसका अनुहार ले आकर्षित परि  राको छ,

किन होला? सोनी उत्तर खोज्ने  प्रयाश गर्छे,  के छ समानता? उस्ले थाहा नपाउने  गरि सोनी तेस्को अनुहार नियाल्छे

हो त नि, उस्लाई कस्तो सम्झना न आको, कपाल को स्टाईल, ठ्याक्कै मिल्छ, तेसो भयेर पो उस्को आखा घरि घरि त्यो केटा को अनुहार् मा जादो रहेछ

******************************

राजु सङ्ग सोनि को यो दोस्रो बर्स हो

आज बेलुका सङै घर् फर्कने है सोनि ले राजु लाइ फोन् मा भन्छे, होइन मेरो कपाल् काट्न जानु जानु छ आज्, येस्पलि छोटो परेर काट्छु, राजु ले भन्छ

पर्दैन पर्दैन, सोनि अत्तिदै भन्छे तिम्रो कपाल् को style  एक्दम् सुहाउछ, छोटो पार्यो भने त्यो style जान्छ

मेम् साप् को जो मर्जि भनेर जबफ् दिन्छ राजु, बेलुका दुबै सङाइ फर्कन्छन्

**********************************

अब त सोनि लाइ दिक्क लागि सक्यो, किन हो कुनै केटा सङ पनि उस्को लामो समये सबन्ध रहन सकेन, उस्ले त हरेक् कोसिस् गरेकै हो, उस्लाइ सोच्न मन् लाग्न छाडि सक्यो। राजु सङ छुट्टेको  एक् बर्स भयेछ आज.

******************************

आज आइतबर् सोनि एक्लै StarBox मा Breakfast  खान जान्छे,

 ओहो आइतबार्  पनि कस्तो भिड् , सोनि कफी र sandwich लियेर कुनाको टेबल् तिर जान्छे

एक् छिन् मा टेलेफोन् मा कुरा गर्दै एक् जना मान्छे सङै को टेबल् मा बस्न आउछ। उस्को स्वोर् ले सोनि लाइ मुटु भित्र सम्म छोये जस्तो लाग्छ. सोनि सङै को टेबल् को मान्छे लाइ नहेरि बस्नै सक्दिन, सेतो कमिज्, खैरो पैन्ट् अनि  गहिरो खस्रो स्वोर्, सोनि लाइ लाग्छ कस्तो ठ्याक्कै मिल्ने.

 

ब्यथा

 

सोनि भर्खर् नेपाल्  बाट आकि, आमेरिका मा उस्को चिन्ने जान्ने कोइ छैन।

पहिलो महिना त धेरै गारो भको थ्यो उस्लाइ,

एक् दिन् लाइब्रेरि मा एक् जना ले सेल् फोन् मा नेपलि मा कुरा गरेको उस्ले सुनि।

तेस् दिन् बाट सुरु भयेको उस्को मोहन् सङ्ग को परिचये झाङिदै गयो,

सेतो कमिज्, कालो पैन्त्, घोप्टो परेको, आलि आलि कैलो जुङा, बिच् मा सिउदो पारेको कपाल् को स्टाइल् आनि गहिरो खस्रो स्वोर्, मोहन् दोस्रो बर्स मा रेछ, यो परिचये बाट उस्लै धेरै थोक् पाइ।

एक् बर्स पछि मोहन् र सोनि सङै बस्न थाले, नेपाल् मा दुबै को परिवार् लै पनि थाह थ्यो

मोहन् सरल् र मिहेनति मान्छे  थ्यो, पढाइ मा पनि कम् थियेन, बेलुक gas station मा काम् गर्थ्यो। एक् दिन् night shift मा gas station लुट्न आउने ले उस्को हत्त्या गरि दियेछन्.

अनि तेस्पछि सोनि को यो कथा सुरु भो 

Read Full Discussion Thread for this article