Posted by: pnepali March 20, 2011
बनेको छ पहराले
Login in to Rate this Post:     1       ?         Liked by
TRANSLATION AT: 
http://sthamba.blogspot.com/2011/03/baneko-cha-paharale-translation.html

ORIGINAL WORDS:

बनेको छ पहराले यो छाती मेरो, 
बगेको छ छहरा रगतमा मेरो,
 
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
 
खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज् छोपिन्न।
 
घोटिएर हात-पात झरिजाउन औला,
तर कोई अगाडि यी हात जोडिन्न।
 
बनेको छ पहराले यो छाती मेरो, 
बगेको छ छहरा रगतमा मेरो
 
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
 
म आगो सहन्छु, अन्याय सहन्न,
म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न।
 
मेरो सिर उडाउ, बरु त्यो सहन्छु,
तर कोई परायाले टेके सहन्न।
 
बनेको छ पहराले यो छाती मेरो, 
बगेको छ छहरा रगतमा मेरो
 
पखेरुमा जन्मे,
टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो
Last edited: 20-Mar-11 12:38 PM
Read Full Discussion Thread for this article