Posted by: nakkali keti March 15, 2011
जापान को भूकम्प ले सीकाको पाठ
Login in to Rate this Post:     0       ?        
मैले लेखेको कुरा त किन हो टाँसिएन छ..... फेरी एक चोटि ट्राइ गर्नु पर्‍यो.....

अब धर्को भन्नु कि रेखा भन्नु जस्तो भो.....

नाम जे भए नि, मलाई तपाईं ले गरेको कुरा चैं हाम्रो देशको लागि secondary issue हो जस्तो लाग्यो। हाम्रो देश आँफै seismic vulnerable zone मा पर्छ। अब हाम्रो देशमा seismic resistant structural code establish होला र त्यही अनुरुप कार्वन्यवयन होला भनेर सोच्नु त अहिलेको लागि दिवा सपना देख्नु जस्तो मात्रै हो। फेरी बनी सकेका संरचनाहरु त छँदै छन। ठुलो भुकम्प गएको खण्डमा हाम्रो देशमा हुन सक्ने क्षती अकल्पनिय छ। त्यसैले हाम्रा छिमेकी देशले बनाउने योजना गरेका आँणविक भट्टी बिस्फोट भएको खण्डमा हावाले के के उडाएर ल्याउन सक्छ अनी हामीले के गर्ने भनेर पीर गर्नु भन्दा पहिले (त्यस बिषयमा पीर नै गर्नु पर्दैन भन्न खोजेको चै हैन नि फेरी) भुकम्प गएको खण्डमा आफुलाई कसरी बचाउन सकिन्छ भन्ने आधारभुत तालिम हाम्रा स्कुलहरुमा/काम गर्ने ठाउँहरुमा दिनुपर्ने ब्यबस्था mandate गर्न जोड दिनु पर्छ कि जस्तो लाग्छ।
Read Full Discussion Thread for this article