Posted by: purana kagaz March 13, 2011
***Nepali girl Dies in CAR ACCIDENT in California Today**
Login in to Rate this Post:     0       ?        
 

कार दूर्घटमा परी नीला दाहालको निधन

  
कार दूर्घटमा परी निधन हुनुभएकी नीला दाहाल ।

MAY HER SOUL REST IN PEACE.

"Purana Kagaz"
 


क्यालिफोर्नियास्थित वडल्याण्डमा बसोबास गर्दै आउनुभएकी नीला दाहाल वर्ष ४५,  मार्च १२ तारिख शनिबार विहान क्याफेभ्याली भन्ने ठाउँमा कार दूर्घटनामा परी निधन हुनुभएको छ ।

दाहालसँगै अर्की एक जना फिलोपिनो महिलाको समेत निधन भएको दाहालको परिवारले क्यालिफोर्नियाबाट नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ ।

स्थानीय क्यासिनोमा राती काम गरेर घर फर्कदैं गर्दा विहानको समयमा कार दूर्घटना भएको थियो । दूर्घटनाबारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।

तीन जना रहेको उक्त कारमा सवार अर्की रञ्जना पोखरेलको भने अवस्था चिन्ताजनक रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल भक्तपुर कौशलटार निवासी दाहाल विगत पाँच वर्षदेखि अमेरिकामा २० वर्ष र दुइ जना १६ वर्षका गरी तीन जना छोराहरु साथै रहँदै आउनुभएको थियो ।
Last edited: 13-Mar-11 01:54 PM
Read Full Discussion Thread for this article