Posted by: NepalToUsa March 12, 2011
Bijaya Kumar's Pathetic Writing
Login in to Rate this Post:     0       ?        
but i really liked the following analysis by him....go through the whole piece guys ....and let me know how you think about it.

आज म मेरा पाठकहरू, असंख्य दर्शकहरूसँग मेरो मनको कुरा राख्न चाहन्छु । दुई हात जोडेर विनम्रतापूर्वक भन्न चाहन्छु कि परम्परागत संसदीय प्रणालीका गुणदोषका विषयमा मलाई कसैको उपदेश आवश्यक छैन । राजनीतिशास्त्रका विख्यात प्राध्यापक स्वर्गीय लियो रोजको विद्यार्थी हुँ म । तर नेपाली परिपे्रक्ष्यमा भन्ने हो भने जबसम्म हामी राष्ट्रको प्रमुख कार्यकारीको निर्वाचन प्रणाली जनताको प्रत्यक्ष निर्वाचनद्वारा गराउँदैनौं, मुलुकको गति यही नै रहनेछ- घिचकिच, घिचकिच ! किचकिच, किचकिच !! जानेर, नजानेर हामी एक यस्तो प्रणालीमा पुगेका छौं, जहाँ हरेक सरकार प्रमुख गाई र गधालाई, गु र गोबरलाई सँगै लिएर हिँड्न बाध्य छ । नेपालमा नेता नै भएन, नेता नै भएन भनेर बेमतलबको विलाप गरिन्छ । चालू निर्वाचन प्रणालीबाट मुलुकले नेता पाउन अत्यन्त दुर्लभ छ । हाम्रोजस्तो आर्थिक, सामाजिक र नैतिक पृष्ठभूमिका मानिसहरू बस्ने ठाउँमा या त देशको प्रमुख कार्यकारीको निर्वाचन प्रणाली फेर्नुपर्छ होइन भने छिटो विकास भएन, नेता भएन, नेता भएन भन्ने बेमतलबको बिलौना बन्द गर्नुपर्छ ।
Read Full Discussion Thread for this article