Posted by: NALAPANI March 11, 2011
Ashamed of being a Nepali
Login in to Rate this Post:     0       ?        

एसएसबीद्वारा नियन्त्रणमा लिई हत्या

शान्तिपुर (बर्दिया), फाल्गुन २८ - सीमा नजिकैको ग्रामीण बस्तीका हर्कबहादुर शाहीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएकै दिन हत्या गरको खुलेको छ । शाही २३ दिनदेखि नियन्त्रणमा थिए ।

हतियारसहित नेपाल आएका एसएसबीले जमुनी-९ शान्तिपुरका शाहीलाई घेरा हाली गोली हानेका थिए । डाँफे गाउँको अरहरबारीबाट नियन्त्रणमा लिई कुट्दै हातखुट्टा भाँचेर एसएसबीले क्याम्पमा लगी हत्या गरेको प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् ।

'एसएसबीको एक जनाले लखेट्यो । तीन जनाले घेरा हालेर समाते,' घटनास्थलमा गाईबस्तुबाट मसुरो जोगाउन बसेका वीरे सुनाले शुक्रबार कान्तिपुरसित भने, 'बन्दुकको कुन्दा र बुटले हान्दै अचेतजस्तो बनाउँथे र होसमा आएपछि फेरि कुट्थे  ।'

शान्तिपुर पलट नं. ११० का शाहीसहित स्थानीय ४ जनालाई फागुन ५ गते भारतको लम्बिकुवास्थित क्याम्पबाट निस्केको एसएसबी टोलीले नियन्त्रणमा लिएको थियो । कुर्कुच्चामा गोली लागी घाइते भएका शाही नेपालतिरको अरहर बारीमा लुक्ने प्रयास गर्दै गरेका बेला नियन्त्रण परेका हुन् ।

'बारीबाट पानी-पानी भनेको आवाज आइरहेको थियो,' प्रत्यक्षदर्शी दीपा सिंहले भनिन्, 'काखमा सानो नानी थियो । गोली हान्ने हुन् कि भन्ने डरले नजिकै जान सकिनँ ।' बारीमै हत्या गरी भारतीय सुरक्षाकर्मीले मोटरसाइकलमा राखेर शव क्याम्पमा लगेको अनुमान यिनले गरिन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका उपरीक्षक सनबहादुर उपाध्यायले शाहीका मृत्यु भएको पुष्टि गरेका छन् । उनले भारतीय पक्षसँग बारम्बार कुराकानी भइरहेको तर उनीहरूले शव आफूहरूसँग नभएको दाबी गरिरहेको बताए । 'शव ल्याउने प्रक्रियाका लागि मन्त्रालयस्तरबाट प्रयास भइरहेको छ,' उनले भने । छलफलमा भारतीय पक्षले आफ्ना प्रहरीलाई गोली प्रहार गरी भागेको दाबी गरे पनि नेपाली पक्षले त्यसको प्रतिवाद गरी भारतीय पक्षले लिएको आएको अडानसहित कुराकानी गरिएको उनले बताए ।

'पहिले बुबाको अवस्था देखेको सशस्त्र प्रहरीले अहिले देखेनांै भन्न थालेको छ,' शाहीका छोरा प्रेमबहादुरले भने, 'सशस्त्र प्रहरीले समेत किन हो झूटो बोल्न थालेका छन् ।'

शव ल्याउनसमेत नेपाली सुरक्षा निकायले अपेक्षित चासो देखाएको छैन । जमुनी पोस्टका सशस्त्र प्रहरी निरीक्षक रुद्रबहादुर पाण्डेसहितको सुरक्षा टोली एसएसबी क्याम्पमा पुगेर शुक्रबार गोप्य भेटघाट गरी फर्केको छ । त्यहाँ के कुरा भयो थाहै भएन, बाबुको शव ल्याइदिए काजकिरिया गर्ने पक्षमा रहेका प्रेमले भने, 'पहिले आफैंले देखाको सशस्त्र प्रहरीले अहिले देखेनौं भन्न थालेको छ के सहयोग गर्लान् ?'

भारतीय प्रहरीले बाबुलाई घटनास्थलमै हत्या गरेको र जीतिव रहने कुनै सम्भावना नरहेको प्रेमले बताएका छन् । उक्त घटनापछि शान्तिपुरका बासिन्दा डर त्रासमा छन् । सानो र ठूलो डाँफेका साथै सीतापुर क्षेत्रका बासिन्दा  त्रासदीमा बस्न बाध्य भएका छन् ।

हत्या गरिएका ५२ वषर्ीय शाहीकी पत्नीलाई रिंगाटा लाग्ने गरेको छ । पति हत्याको वियोगमा २३ दिनदेखि भोकै र रुँदै न्यायको खोजी गरिरहेकी जुनकीरी शाहीले भनिन्, 'यसरी हत्या गर्दासमेत कसैले चासो दिएका छैनन् ।'

शाहीलाई नियन्त्रणमा लिई हत्या गरेपछि एसएसबीले त्यहाँका अधिकांश सुरक्षाकर्मीलाई स्थानान्तरण गरेको छ ।

 

 

 

Last edited: 12-Mar-11 12:33 AM
Read Full Discussion Thread for this article