Posted by: _____ March 7, 2011
दीपक विष्ट र आयषा शाक्य जस्तो 'डि्रम' जोडी पाउने छैन ।
Login in to Rate this Post:     0       ?        


दीपक र आयषा वैवाहिक बन्धनमा

हिमेशरत्न वज्राचार्य 
 

काठमाडौं, फाल्गुन २३ - नेपाली खेलकुदले दीपक विष्ट र आयषा शाक्य जस्तो 'डि्रम' जोडी पाउने छैन ।  दुवै तेक्वान्दो खेलाडी हुन् । दीपक नेपाली खेलकुदकै सर्वाधिक सफल खेलाडी हुन् । आयषा पनि सफल महिला खेलाडीतर्फ अग्रणी प्रतिनिधि पात्र हुन् । यिनै दुई खेलाडी आइतबार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

धेरैका लागि यो स्तब्धपूर्ण समाचार हुनेछ, केहीका लागि भने अपेक्षित । तर यसले नेपाली खेलकुदमा असाध्यै 'ग्ल्यामर' थप्ने काम भने गरेको छ, यस्तो स्वप्न जोडी चिताउन मात्र सकिन्छ । दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितिसकेकी आयषाको अबको लक्ष्य ओलम्पिक छनोट हो ।

अब उनले नजिकबाट दीपकका सहयोगी हात पाउनेछिन् । 'अन्ततः हाम्रो माया सफल भएको छ, त्यसैले खुसी छौं,' दुवैले एकै स्वरमा भने, 'नेपाली खेलकुदमा हामी आदर्श जोडीका रूपमा स्थापित हुन चाहन्छौं । हामी दुवैको खेल यात्रा विवाहपछि टुंगिने छैन, बरु अझ झाँगिनेछ ।'

लामो समयदेखि दीपकको विवाहलाई लिएर विभिन्न अड्कल काटिएका थिए किनभने उनी 'मोस्ट एलिजेबल ब्याचलर' थिए । तर उनकी पाँच वर्षभन्दा बढी पुरानी प्रेमिका आयषा हुन् भन्ने नजिकका केही साथीले मात्र थाहा पाए । 'एक-अर्काको सम्मानमा हामीले यो सम्बन्ध गोप्य राख्यौं,' दुवैको भनाइ थियो ।

उनीहरूको सुमधुर प्रेम सम्बन्धले वैवाहिक बन्धनसम्म पुग्न बाधा अड्चन बेहोर्न बाध्य भने रह्यो । 'आयषालाई लिएर मेरो घरमा पनि सुरुमा समस्या नभएको होइन, तर मैले त्यसलाई सुल्झाएँ । परिवारका सबै सदस्य खुसी छन्,' दीपकले भने । आयषाले भने आपmनो परिवारलाई सम्झाउन सकेकी छैनन् ।

'मैले दीपकसँगको सम्बन्धलाई लिएर घरमा बताएकी थिएँ, तर बुबा-आमा मान्नुभएन । त्यसैले परिवारको अनुपस्थितिमै विवाह गरेकी हुँ,' आयषाले भनिन्, 'म उहाँहरूकै प्यारी छोरी हुँ, उहाँहरूलाई धेरै माया र सम्मान गर्छुं । उहाँहरूलाई चोट पुगेकामा क्षमा माग्छु ।'

उनी दीपकसँगै आपmनो माइतीघरमा र्फकने पखाईमा छिन् । 'उहाँहरूले हामी दुईलाई चाँडै घरमा बोलाउने विश्वास छ,' उनले थपिन्, 'मेरो खेलजीवन यहाँसम्म पुग्नुमा बुबा-आमा र परिवारकै देन हो ।' फरक संस्कृति र परिवेशमा हुर्के पनि त्यसैका आधारमा एक-अर्कालाई सम्मान गर्ने उनीहरूले बताए ।

'आयषालाई जीवनमा दिन सक्ने सबै खुसी दिनेछु । हाम्रो परिवारमा उनको उपस्थिति छोरी जस्तै हुनेछ,' दीपकले भने, 'हामी दुवैलाई आयषाको परिवारले चाँडै स्वीकार्ने विश्वास छ । हामी आदर्श जोडी हुन चाहन्छौं, कसैलाई हामीप्रति गुनासो हुने छैन ।'

http://www.ekantipur.com/np/2067/11/23/full-story/326063.html


Read Full Discussion Thread for this article