Posted by: copycat February 25, 2011
किन कुर्नु
Login in to Rate this Post:     1       ?         Liked by
जतन गरि राखे पनि फाट्न सक्छ मन भन्थे
सम्हालेर राखिन मन सिउनै परेपछि
किन रोज्नु साथ एक्लै जिउनै परेपछि
किन कुर्नु साँझ आखिर पिउनै परे पछि

धेरै आए चौतारिमा सुस्ताएर जाउ भन्ने
बिसाइन पाइला कतै हिड्नै परेपछि
किन रोज्नु साथ एक्लै जिउनै परेपछि
किन कुर्नु साँझ आखिर पिउनै परे पछि

मेरो भा'को सारा खुशी तिमीले नै लुटि हिड्यौ
किन राख्छ्यौ बाँकि थोरै लिनैपरेपछि
किन रोज्नु साथ एक्लै जिउनै परेपछि
किन कुर्नु साँझ आखिर पिउनै परे पछि

http://www.youtube.com/watch?v=nUXbXKL082g
Read Full Discussion Thread for this article