Posted by: email18 February 18, 2011
Returning to Nepal
Login in to Rate this Post:     0       ?        

आत्मविश्वासले सफलता

 

 

गाउँमा पढ्ने अवसर मिलेन । घरको आर्थिक अवस्था पनि कमजोर । त्यसैले उनले ११ वर्षकै उमेरमा घर छाडे ।  काभ्रेको विकट गाउँबाट  काठमाडौं आउनसाथ उनले एउटा चाईल्ड केयर सेन्टरमा बालबालिकाको रेखदेख गर्ने काम पाए । एघार वर्षमै श्रममा लागेका ती व्यक्ति  अहिले करोडपति भैसकेका छन् । पोखराका स्थापित ती पर्यटन व्यवसायीको नाम हो— दोर्जे लामा । चाइल्ड केयरदेखि विभिन्न रेस्टुराँमा वेटर  काम गरेका ३९ वर्षीय लामा अहिले पोखराको लेकसाइडका दुईवटा रेस्टुराँको मालिक भएका छन् । काभ्रे खोपासीका लामालाई पहिलो पटक  १३ वर्षको उमेरमा रूप पुन नामका व्यक्तिले रेस्टुराँमा काम गराउन पोखरा ल्याएका थिए । पुनको रेस्टुराँमा दुई वर्ष काम गरेपछि उनले  टिटाइम ब्याम्बोस्टान्ड रेस्टुराँमा सरेर थप दुई वर्ष वेटरको काम गरे । रेस्टुराँमा काम गर्दागर्दै एक दिन क्यानेडियन युवतीसँग भेट भयो  लामाको । बिस्तारै नजिकिँदै जाँदा पछि उनैसँग विवाह भयो ।

'सुरुमा ४५ हजार लगानीमा मासिक भाडा ३ हजार रुपैयाँ तिरेर रेस्टुराँ सुरु गरेको हुँ,' लामाले भने, '१० वर्षसम्म भाडामा बसें, अहिले  आफ्नै घर छ ।' उनले लेकसाइडमै अर्को एक घर पनि किनेर त्यहाँ साझेदारीमा रेस्टुराँ सञ्चालन गरिरहेका छन् । विद्यालय शिक्षा नलिएका  लामाले क्यानाडामा नौ महिना व्यावहारिक शिक्षा लिएका छन् 
Read Full Discussion Thread for this article