Posted by: Deep February 15, 2011
टीपन
Login in to Rate this Post:     2       ?         Liked by
....
 
कत्ति बेर भैसक्यो। मलाई अलि अलि झोंक चल्न थाली सक्या थ्यो। ह्या यस्ले केई नी उडाउँदैन, हिन्दीम कि जस्तो पनि निक्कै चोटी नलाग्या होईन, फेरी सम्झें दशैको दक्षिना मैले सुरोतमा राखुन्जेल पान डबल पर्थ्यो, मैले पानमा सारे पछी सुरोत डबल आउँथ्यो। त्यै सम्झें। अब यतिन्जेल पर्खि सकें, म पनि हिन्नु यस्ले नी त्यो ड्ल्लो उडायो भने त? खत्तम भएन? पर्खें। संगैका गुरुले नागपोखरी तिर गए नाग लाग्ला भनेर होला -- टेबल टेनिसको बोर्ड भए तिर गएर सुरालको ईँजार खोल्ने लाउने गरेर आको अहिले हैन, घरबाट हिन्दा पछील्तिर भाका घाम अघिल्तिर लागी सक्या थिए। डल्लो अझै जहाँको त्यै थियो।
 
उस्ले डल्लो उडाउँछु भन्न छोडेको थिएन। १०/१५ मिनेट १०/१५ मिनेटमा उ त्यो डल्लो छेउ पुग्थ्यो, अब उडाउँछु भन्थ्यो आकास तिर हेर्थ्यो, हामी पनि ठाडो मुन्टो लाउथिम। म चै गरुड देखिन्छ कि भन्थे। के को! उ फेरी फनफनी घुम्थ्यो, के के किन भन्थ्यो। बज्याको डल्लोलाई लात्तले हानेर हिन्दीम कि जस्तो पनि लाग्न थाल्या थ्यो मलाई। फेरी त्यस्ले लट्यार राख्या सर्प न ब्युंझिसक्यो-- ब्युंझ्या रे छ भने? राम राम राम! पिंडौलामा च्याप्प  स्टिच लाईदियो भने?। अनि त, सकिगो नी!

आफुलाई भोकले रन्थनाउन थाल्यो, जेरी स्वारी सम्झेर एक माना जति त थुकै निलीसक्या थिएँ हुँला। नागपोखरीमै थिएँ। नयाँ सडक त कता हो कता।

म आफैंले पनि टेबल टेनीस बोर्डका खुट्टा अघि नै हतार हतार सिंचाई गरेर आईसक्या थिए। भिडको अघिल्तिर गएर बसेको थिएँ म। खटपटीदै थिएँ। समय निक्कै घडकिसक्या थ्यो। नयाँ सडक पुगेर आउँदा रातै पर्ला जस्तो छाँट देखिन्थ्यो। म फेरी घाम लागुन्जेल आफुलाई महारथी सम्झिन्थें, रात परे पछी साथी खोज्थें। त्यस्तो थ्यो। हाँडीगाउमा धेरै जसो बाईपंखे घोडा, किचकन्नी, ख्याक (कालो र सेतो दुईटै), अनेक नामधारी भूत प्रेत पिशाच डङकीनी जस्ता बिषयमा धारा प्रबाह प्रबचन दिन्थे। दिनभरी त केई लाग्दैनथ्यो, राती यसो बाहीर निस्क्या बेला कसैले पछाडी हवात खोक्यो भने त्यही घुत्रुक्क हुने गरी ज्यान बिच्किन्थ्यो।

डमरु बेस्सरी पडकायो उस्ले। आकास तिर हेरेर के के भन्यो। हामी सबैले फेरी आकास तिर हेरीम। कस्ले के देख्यो कुन्नी मैले चै घाम झन पर्तिर पुगेको देखें। अब चै जान्छु भन्ने सोचेको थिएँ त्यो डमरु बजाउने ले उस्का सामान टिप्न थाल्यो। टिपेर सबै त्यै टिनको बाकसमा हाल्यो। त्यै एउटा डल्लो मात्रै बाँकी थ्यो भुइँमा। त्यसैलाई फन फनी घुम्न थाल्यो के के फलाक्दै।
 
भिडमा सबैको ध्यान त्यै डल्लोमा गयो। मुटु छिटछिटो ढुक ढुक गर्न थाल्यो। त्यै डल्लो उ अझै फन फनी घुम्दै थियो। उस्को खल्तीमा एक मुट्ठा नोट देखिन्थे। निक्कै बेचेछ क्या रे।

उ त्यो डल्लो छेउमा बस्यो। हात वरीपरी घुमायो त्यो डल्लोको आँखा चिम्लियो अनि के के पढ्न थाल्यो। अनि एक्कासी उ उफृयो। भिड पनि उछिट्टियो अलि पछिल्तिर। एक चोटी त म पनि आतिएँ। हेरेको डल्लो त जहाँको तहीँ छ। उडेको नी छैन, सर्प नी छैन, गरुड त झन कता हो कता।

उ अलि चिन्तित देखियो। आकास तिर हेर्यो। मैले सोचें, यस्ले त्यो डल्लोमा ग्यास भर्या बेलुन जस्तो के राख्या होला, अनि बेलुनमा सर्प होला, यस्ले पाल्या गरुड यता उती कता रुखाँ राख्या छ यस्ले, गरुड बोलाउँदै छ यो --गरुड आको देखे पछी कुन सडको बेलुन उडाउँछ यस्ले अनि गरुडले आएर सर्प लैजान्छ--खेल खत्तम। सबै हिने पछी यो पनि गरुड र सर्प लिएर हिन्छ, गरुडले सर्प खाएछ भने अर्को सर्प ल्याउँछ यस्ले। यै रे छ यस्को टिडीक। अहिले यस्ले बोलाउँदा गरुड आईरा छैन। त्यै भएर यो चिन्तित भाको। मैले निष्कर्ष निकालें।

 
Read Full Discussion Thread for this article