Posted by: Bhojpure01 February 12, 2011
How many of us believe that we should go back home and try to bring some change ?
Login in to Rate this Post:     0       ?        
यो कुरा बहुतै गहन छ , सोच्नुस् गाउ मा को को छन ? के ति गाउ बाट शहर लागेका हरु दसैं तिहार बाहेक अरु गाउ बिकास गर्नु छ भनी कती चाँही फर्केका छन ।
अनी को किन र के उद्देस्यले छिरेको हो तेस्ले नेपाल फर्कने हो कि बस्ने कुरा मा मुख्य जड बस्तु हो ? २ ४ दिन अघी एऊटाले काम पाईन अमेरिका छिर्नु पर्‍यो, भन्यो , मैले तथ्य कुरा लेखिदिए , आर्कोले लाटाले बाउ भन्न पाएझै , हानी हाल्यो शब्दको छिद्कनी।
जो यहाँ राम्रो गर्न सकेका छन उनी हरु गएमा सफल हौऊला भनी जाने सोच राखेका होलान , कोही होन्डा भन्ने ब्यक्ती नेपाल नै जान्छु र केही गर्छु भन्थ्यो गयो अनी गर्दै छ , उस्को लागि रुपैया पैसा को कमी थिएन सोचको मात्रै । धेरै जसो लाई नेपाल गएर के गर्ने भन्ने प्रश्न सबै भन्दा अगाडि आउछ , सामाजिक प्रेससर उस्तै छ , कही कही त कुकुरालाई घिउ न पचेको लान्छना पनि भोग्नु पर्छ , उचाइ को तुलना रुपैया पैसाले मात्रै हुने भएकोले घुस र भ्रस्ताचार सामाजिक रुपमा सर्बमान्य भै सक्यो, जे जसरी सक्छौ कमाउ !
तेसैले कुन पक्ष मा तपाईं हुनु हुन्छ , तेस्ले नेपाल जाने कि नजाने कुरा भर पर्छ ।
 
Read Full Discussion Thread for this article