Posted by: pashupatidev February 11, 2011
ठुलो मान्छे
Login in to Rate this Post:     1       ?         Liked by

 भाग १ :

'अंकल, अंकल नेता भनेको को हो?' - बिवेकले हतारिदै एक सासमा सोध्यो।

 'अ...   नेता भनेको हाम्रो प्रतिनिधि हुन। तिनीहरुले हामीलाई बाटो देखाउछन। हामी सबैजाना मिलेर नेता छान्छौ।' - मैले बुझाए।

' किन र बाबु ?'- बिबेकको अस्वभाविक प्रश्न माथि मेरो प्रतिप्रश्न।

  " चोकमा मान्छे हरु भन्दै थे , कुन्नी कुन चै पो हो नेतालाई एक जानाले सबैको अगाडि झापाड हानेछ। ' उ बोल्दै गयो - 'नेता जस्तो  हाम्रो प्रतिनिधिलाई पनि झापाड हान्न हुन्छ त अंकल ? '

 ' तेस्ता बदमाशहरुलाई त पिट्नै पर्छ बाबु।  हामी सँग एउटा कुरा गर्छन्, काम चै अर्कै गर्छन्। हाम्रो रगत चुस्न पल्केका परजिबी हरु। ठीक्क गरेछ त्यो मान्छेले । ' - मेरो आबेश भरिएको तर स्वाभाबिक जवाफ।

 'अनी त्यस्तो बदमाशलाई किन नेता बनाएको त अंकल ? '- बिबेक को निर्दोश प्रश्न।

 ......................
......................

'किन चाहियो तलाई ? जा , खुरुक्क होमवोर्क गर।'- म पन्छिए।

 बिबेक ठुस्किदै उसको स्टडी रूम तिर लाग्यो। तर, मलाई भने उसको निर्दोश प्रश्न ले पोली रह्यो : साच्चै, हामीले तेस्ता बदमाशलाई नेता चै किन बनाएको होला। 

भाग २:

 आज स्कुलबाट फर्किनु बितिकै बिबेक मेरो कोठामा पस्यो। म उसको मनमा उर्लेका प्रश्नहरुको भेल उसको अनुहारमा स्पस्ट पढ्न सक्थे।

 'अ , भन के भयो ?' मैले सोधे.

 'अंकल अंकल, प्रधानमन्त्री   भनेको को हो ?'- उसले सोध्यो।

 'प्रधानमन्त्री भनेको देशको सबै भन्दा ठुलो मान्छे हुन। उनैले देश चलाऊछन। किन र बाबु ?'  मेरो प्रश्न।

 'अघी, चोकमा मान्छे हरु भन्दै थे ...।'

 'के भन्दै थे ?'

 'त्यो अस्ती झापाड खाने नेता छ नि , त्यो त प्रधानमन्त्री पो भएछ। हो , अंकल?'

 'हो क्यारे' - म पंन्छीन खोज्दै थिए।

 'अनी त्यस्तो झापाड खाने नेता कसरी देशको प्रधानमन्त्री बन्न सक्छ अंकल ?' बिबेक को खरो प्रश्न। 

 'खै! कसरी भन्ने अब, यस्तै छ हाम्रो देश को हालत।'

 मेरो जवाफले उसको चित्त बुझेन। उ भन्दै थियो: धत! एस्तो पनि हुन्छ, काही ?

..............
...............

भाग ३:

नेपथ्यमा कसैको आवाज सुने। बिबेक रहेछ।उ आफ्नो भाईलाई भन्दै थियो :
'बुझिस केटा, हाम्रो देशमा ठुलो मान्छे बन्नलाई अरु हरु को झापाड खाने गरी बदमाशी गर्नुपर्ने रहेछ।'

Read Full Discussion Thread for this article