Posted by: damayanti February 10, 2011
relationship
Login in to Rate this Post:     2       ?         Liked by
 “ल बधाई छ तलाई, त पास भईछेस” उसले सोनियालाई फोनमा भनि।

“हो र!, कसरी? रिज्लट आउट भयो र?” सोनिया आखाँ मिच्दै जुरुक्क उठी

“तँ लाई सुत्न देखी बाहेक के आउँछ र! हिजो राति नै आएको नि”

“तर, मलाई” सोनिया भन्दै थिई

(उसले बीचमा सोनियाको कुरा काटी)

“ल मलाई बेलुका ७ बजे Bakery Café मा भेट, मेरो balance सकिन् लागयो” यति भन्दै उसले फोन राखी दिई

साथीहरु उस्लाई “Information Box” भन्थे, उसलाई हरेक कुरा थाहा हुन्थियो। सम्पदा साथीभाई माझ निकै परिचित थिई। भनिन्छ नि,“कि पढ्न जान्ने हुनु कि होहल्ला गर्ने यी दुईलाई सबैले चिन्छन रे, सम्पदा होहल्ला गर्ने category मा पर्थी, निडर थिई अनि frank पनि। सोनिया र सम्पदा Bachelor’s देखिका साथी थिए र अहिले सगैं Masters गर्दै।

“समु, कहाँ छेस?” सोनियाले फोनमा रिसाउदै भनि
“म आईहाले ल, दुई मिनेट”, सम्पदाले कुरा सकि

“ल छिटो गर, म बोर भईसके”, सोनियाले फोन राखीँ

सम्पदा सोनियालाई देखेर हास्दैँ Bakery Café भित्र छिरि र सोनियालाई hug गरि।

“सरि है लेट भयो, म राज लाई फोन गर्दै थिए ढिला भइहाल्यो” सम्पदाले मुस्काउदै कुरा खोलि

“त र तेरो राज! नसकिने बाबा, जति बोले पनि नअगाउने” सोनियाले आफूलाई ३० मिनेट कुराएको पीडा निकाल्दै भनि, “अरुलाई कुराएर राख्न खुब मज्जा आउँछ है तलाई”

“नरिसा न सोनी Darling, ऊ म भन्दा टाढा छ, long distance relationship you know it यार, अलिकति बढी attention दिनै पर्यो नि, otherwise how will relationship work भन त?” सम्पदाले बुझकि झैं भनि “फोन पनि उठाएन, कस्तो bore भयो।“

“ल ल अब केहि खाउँ, भोक लागिरहेको छ” सोनियाले मेनु हेर्दै भनि

C-Momo को order सगैँ उनीहरु गफ गर्न तिर लागे।

......................................................................................................................................................

 

 

रातको १२ बजिसकेको थियो, सम्पदा keyboard बाट आफ्ना feelings हरु राजलाई email गरिरहेकि थिई। यो त उस्को बानी नै भईसकेको थियो। राज अमेरिका गएको १ बर्ष पुग्न लागिसकेको थियो र सम्पदाको e-feelings हरु। समय कति चाडो वित्छ है, हिजो राजलाई विदा गरेको जस्तो लाग्छ, ऊ सोच्दै थिई। त्यतिकैमा उसको face book chat box मा आवाज आयो

Raj: “Good Morning”

Sam : “Hey”

Raj: “I got your msg, Congrats for passing 1st yr”

Sam: “Thank you so much Raj, wish you were here to hug me”

Raj:  “Don’t worry, will be there soon. I am coming on December.”

Sam: “Really?”

Raj: “Yup, I purchased the ticket few mins ago.”


Sam: “Oh Raj, you don’t know how much I am excited to hear this. After 5 months I can meet you, hug you. You will be with me sharing and relishing moments together. I really miss you”

Raj: “Same here Babe, I miss you a lot. Love you”

Sam: “:D”
Raj: “Ok Sammy will talk to you soon, I need to go now as I have class to attend”

Sam: “Ok see you soon”

Raj: “Bye”

Raj appears offline

 

सम्पदा निकै मख्ख देखिन्थिई। राजको भिसा लागेको दिन उ रातभरि सुत्न सकेकी थिईन, राज विना म कसरी बस्नुहोला भनेर ऊ मनका ती तीता भावनालाई आसुँका थोपा बनाएर बगाईरहेकी थिई। फेरि long distance relationship perform गर्न एकदम गार्हो हुन्छ भन्ने पनि उसलाई राम्रो सगँ थाहा थियो। तर अब ५ महिना त हो, ऊ निकै हर्षित हुदै सुत्ने तरखर गर्न लागी। उसले आखाँ बन्द गरि तर ऊ निदाउन सकिन्, कोलटे फेर्दै सुत्ने प्रयास गरि तर उसका आखाँ निदाउने पक्षमा थिएन्न। हरे, यो माया भन्ने चीज पनि कस्तो होला, प्रियसीको यादमा डुब्न पाउँदा न निन्द्रा लाग्छ न भोक, यति भन्दै ऊ उठेर  facebook  मा राजको फोटो हेर्न थाली।

सम्पदाको र राजको भेट रजनीको विवाहामा भएको थियो। रजनी, सम्पदाको मामाकी छोरी। बेहुला बेहुलीको  जुवा खेल्ने (सुपाडी, जनै आदि राखेर खेलिने खेल) बेलामा कपडा समातेर आमने सामने उभिदा यी दुईका आखाँ धेरै चोटि जुधेका थिए, हामी जीत छौ भन्दै एक अर्कासगँ भनाभन् पनि गरेका थिए। पछि कपडा तान्ने सुरमा सम्पदा कपडासगैँ हुतिएर राजको अंगालोमा पुगेकी थिई, विचरा रजनी सम्पदाको हुत्ताईसगँ ऊ पनि हुतेकी थिई। बडो रोमान्टीक शुरुवात थियो राज र सम्पदाको, पछि राज र सम्पदाको माया internet बाट नै फस्टाएको थियो। राजले सम्पदालाई रजनिको फेसबुकबाट add गरेको थियो र सम्पदाले पनि खुसीसाथ स्वीकारेकी थिई, यी बीचमा दैनिक chatting हुन थाल्यो त्यसपछि। एकले अर्कालाई जान्न थाले, धेरै विषयमा गफगाफ गर्न थाले, Internet बाहेकको पनि दुनिया छ भन्ने कुरा यिनिहरुले विर्सिए। मोबाईल भेटे मोबाईल, computer भेटे  computer, यिनिहरुको chat ले निरन्तरता पाईरह्यो, न loadshedding ले छेक्यो न अरु केहिले। रजनिको घर जादाँ राज पनि त्यहि पुगेको हुन्थियो अनि तेतैबाट Dating जान्थे। रजनिलाई सबै भनेकी थिई सम्पदाले, त्यसैले उसको घर जाने बाहाना पारेर dating जान्थी। सायद माया यस्तै हुदो रहेछ क्यारे, मीठो आभाष गराउने। हिजो सम्मको अन्जान व्यक्ति, आज आफ्नै बनि दिने। अनि त्यहि व्यक्तिसगँ सबै कुरा भन्न मन लाग्ने।

..................................................................................................................................................

 

सोनियाको विवाहा हुने भयो। अमेरीकाको केटो, शुसील, राम्रो, भलादमी यस्तै भन्दै थिए आईमाईहरु। सम्पदा पनि खुसीले गदगद थिई। सोनियाको विवाहासम्म उसैको घर गएर बसि, सोनिया खुसी भई।

“अब तँ पनि मलाई छोडेर जाने भइस है” सम्पदाले नरमाईलो मान्दै भनि

“पीर नगर, मलाई त खुसी लागेको छ। राजसगँ तेरो विवाहा भएपछि तँ र म सगैँ हुन्छौ, बरु यहि December मै त पनि विहे गरिहाल” सोनियाले भनि

सम्पदा लाज मान्दै मुसुमुसु हासीँ

“त कहिले जाने अमेरिका?” सम्पदाले फेरि सोधि

“एक हप्तामा interview छ, visa लाग्यो भने उहाँ सगै जान्छु।“ सोनिया अलिक लाज मान्दै भनि

सोनियाको arrange marriage थियो। सोनियाको विवाहाले सम्पदाको पहिलो सुरुवाति प्रेमलाई फेरि कोट्यायो, त्यो आखाँ जुदाई, त्यो हासोँ, त्यो हुत्ताई, अनि त्यो न्यानो अंगालो। सम्पदाको आखाँ भरिएर आयो, मुटुमा च्वास्स काडा बिजे जस्तो घोच्यो, आज सबै यादहरु भएपनि राज ऊ बाट टाढा थियो र यहि दूरीले सम्पदालाई भावविहल बनाएको थियो। सोनियाको visa लाग्यो र ऊ December १५ मा उडने भई,  सोहि दिन राज अमेरिकाबाट नेपालको लागि उडने........................



Thank you for giving your time and reading it 



to be continued....

Last edited: 12-Feb-11 09:43 AM
Read Full Discussion Thread for this article