Posted by: crazy_love February 4, 2011
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-१८

निलेश र मेरो कहिले मनमुटाब भएको छैन। गुनासोको त के कुरा गराइ भयो र? कहिले सङै बस्ने मौका नै भएन। म आफ्नो रफ्तारमा कुदे र उ आफ्नो। कहिले दोबाटो आयो र घुम्तिहरु ओझेल भए, पत्तै भएन। अझै पनि उसले मलाइ "मलाइ बिर्स!" भनेको छैन न त मैले उसलाइ यस सम्बन्धलाइ पूर्णबिराम दिउ भने। मनमा धेरै चोटि त्यस्ता बिचारहरु नआएका भने होइनन्। तर निलेश जहिले पनि केहि नभएको झै कुरा गर्छ, मानौ उसलाइ यो अबस्थाले कुनै प्रभाव परेको छैन। उसको लागि उसको ब्यबसाय, परिबार र साथीभाइपछि मात्र मेरो स्थान आउछ। पहिले चिट्ठि र फोनकलहरु भैरहन्थे, त्यसपछि कहिले कहि इ-मेल र अब आजभोलि सबै बन्द भएको छ। पछिल्लो चोटि कहिले हाम्रो कुरा भयो त्यो पनि बिर्सि सके। आजकाल इ-मेल पनि चेक गर्दिन। बेकारमा किन मन खिन्न बनाउनु? नभेटिने बाटोहरु कहिले  जोडिएका हुदैनन्।

"निलेश र तिम्रो झगडा कहिल्यै हुदैन है?" निक्किले अचानक मलाइ झस्काइ।

"किन हुनु पर्‍यो झगडा?" मैले उसैलाइ सोधे।

"हुन्छ नि मायामा सानो तिनो झगडा।" उसले सानोतिनो भनेको कस्तो हो मैले बुझिन।

"माया भए पो झगडा।" मैले छोटो जवाफ दिए।

"उसले तिमीलाइ मिस गर्दैन?" निक्कि पनि के के सोध्छे।

"मलाइ के थाहा?" उसैलाइ हेरे मैले।

"तिमी त गर्छौ नि हैन? कि तिमी पनि?" यत्रो समय सङै बसेर पनि निक्किले मेरो बारेमा थाहा नपाएको जस्तो गरी।

"मिस गर्नुको अर्थै नभए पछि सम्झेर के गर्नु?" त्यो कुराहरु जसले मनलाइ दुखी बनाउछ, नसम्झेकै राम्रो।

"पहिले जस्तो तिमी आजकाल उसको कुरै गर्दैनौ।" निक्किलाइ नि थाहा छ। पहिला र अहिले केहि फरक भएको छ।

"उसको लागि उसको क्यारिअर ठुलो छ। उसको जिबनमा मेरो कतै स्थान छैन।" मैले महसुस गरेको कुरा त्यही हो।

"तिम्रो जिबनमा नि? निलेशको स्थान छ कि छैन?" निक्किले मैले आफैले आफैलाइ सोध्न नसकेको प्रश्न सोधी।

"उसले आफै मेरो मनमा ठाँउ ओगट्ने हो, तर उ बिस्तारै बिस्तारै बिस्थापित हुन चाहिरहेको छ। यस्तो अबस्थामा म केहि गर्न सक्दिन।" कति गार्हो अबस्था चाहेर मेट्न नसकिने उसको स्थान।

"खासै भन्ने हो भने मलाइ तिमीहरुको सम्बन्ध सफल हुन्छ जस्तो लाग्दैन। तिमीहरु दुबै एक्दम फरक प्रकितीका छौ। कहि केहि मिल्दैन।" निक्किले साँचो कुरा गरी।

"त्यो बारे चिन्ता नगरौ। भोली बिहानै काम छ, म सुत्न गए।" भन्दै म हिडे, उ एकोहोरो मलाइ हेर्दैथी।

निद्रा त कहा पर्थ्यो र? निलेश भेटेदेखिको एक एक कुराहरु सम्झिन थाले। पहिलेको उ र अहिलेको उ मा आकाश जमीनको फरक थियो। उ भन्थ्यो मेरो महत्वकाक्षा धेरै छ, नेपालमा पनि मेरो लागि थुप्रै अबसरहरु थियो तर मैले बिदेश रोजे। उसको बिचारमा यो सबन्धको सबै पाटो भत्काउने वा बनाउने क्षमता म मा मात्रै छ। तर मलाइ त्यस्तो लाग्दैन, हामी दुबैको प्रयास उतिकै हुनु पर्छ जस्तो लाग्छ।

 बिहानको अलार्मले अधकल्चो निद्रालाइ पराजित गर्दै मलाइ काममा जानै पर्ने बनायो। म सधै झै समयमा पुगे र आफ्नो जिम्मेदारी बहन गर्न थाले। केहि नया बिरामीहरु थिए, धेरै पुरानै थिए, सबैभन्दा पहिले मैले कर्मचारी भनेर झुकिएको लुइस अझै डिस्चार्ज भएको थिएन। उसको घर छैन रे, तर अरु आवासग्रीहमा पनि उसलाइ बस्न मन लाग्दैन रे। मनखुशी उ अस्पताल आउछ र आनन्दले समय बिताउछ। अचेल उ धेरै बिक्षिप्त छैन, पहिले पनि त्यस्तो बिरामी त देखिदैनथ्यो। उ पहिले भन्दा धेरै कम बोल्छ। डिप्रेसन हो कि जस्तो लाग्छ र म आफै घरि घरि उसलाइ बोलाउन जान्छु।

"म अर्को हप्ता डिस्चार्ज हुदैछु।" उसले अध्यारो मुख पार्दै भन्यो।

"धेरै राम्रो नि! अनि कहा जाने त?" मलाइ खुशी लाग्यो, उ मैले काम शुरु गरेदेखि यही थियो।

"कहा हुनु? कुनै ग्रुपहोम जहाँ हुल्याहाहरु दादागिरी गर्छन् र फेरि मलाइ सताउछन्। पैसा लुट्छन्, भनेको नमाने पिट्छन्, जे पायो त्यही गर्छन्।" उ अरु बिरामी जस्तो डिस्चार्ज हुदा खुशी थिएन।

"औषधी चाहि खान नबिर्सिनु नि। त्यस्तो हुल्याहाहरुदेखि अलि टाढै बस्नु।" मैले उसको पीडा बुझे झै गरे। 

"तिमी त यहाको बाताबरणमा पनि टिक्यौ नि। मलाइ त तिमीलाइ पनि यिनीहरुले छिट्टै लखेट्छन् जस्तो लाग्थ्यो।" उसको आखामा खुशी देखे।

"जहा गए पनि यस्तो चुनौतीहरु त भैहाल्छन् नि हैन र? " मैले लुइसलाइ सोधे।

"हो। तर चुनौतीहरुदेखि भाग्नु नै जिबनदेखि भाग्नु हो। तिमी भागेनौ त्यसैले तिमीले सामना गर्न सिक्यौ, अझै सिक्दैछौ र सिकिरहन्छौ।" उ मुसुक्क हास्यो।

"पहिले त तिमी मलाइ म केटि मान्छे, पहेली र सानी भएकीले मलाइ सबैले हेप्छन् भनेर तर्साएका थियौ नि।" मैले पहिले उसले मलाइ भनेको प्रसङ दोहोर्‍याए।

"मैले तिमिमा जिन्दगीसङ सम्झौता गर्ने वा नगर्ने क्षमता कति छ भनेर जाँच लिएको थिए। तिमी सफल भयौ।" लुइसले यति गहिरो कुरा गर्छ भन्ने मलाइ लागेको थिएन।

"तिमीले मलाइ तर्साउनु तर्साएका थियौ। मैले झन्डै काम छोडेकी!" मैले फेरि उसलाइ उसले भनेको कुराहरु दोहोर्‍याए।

"डराएर, भागेर, छोडेर जिन्दगीमा  कहिल्यै पनि  गति लिन सक्दैन। बिस्तारै सामना गर्न पर्छ, कहिल्यै लडिन्छ, थाकिन्छ र हरेश खाइन्छ। त्यसो हुदैमा बाँच्नै छोड्ने कुरा गर्नु त भएन नि।" लुइसको कुरा म सोचमग्न भएर सुनिरहे।

"के तिमीसित कुरा गर्न सक्छु?" कतै सुनेको जस्तो आवाजले लुइस र मेरो कुराकानीमा अबरोध गर्‍यो।

 मैले टाउको घुमाएर ढोकातिर हेरे। त्यहा मायर थियो, उहि मदहोश आखा, गालामा खाल्टो, मनमोहक मुस्कान। मैले लुइसलाइ "पछि कुरा गरौला।" भन्दै निस्के, मेरो अघि मायर थियो। म जादुले एकोहोरो बनाएझै उसकै पछि पछि हिडिरहेकी थिए।

क्रमश:
 

Read Full Discussion Thread for this article