देश पराधिन हुन जोगेको रात
भाग ३
गणेश मान सिंह बिना सुरक्षा कवच बिद्रोहीको क्याम्प भित्र जान राजी हुनु चानचुने कुरा थिएन । पुरानो भोक्सवाइगन गाडी, सिंह दरबार पश्चिम गेट पुग्दा बिद्रोही सेना ले ब्यापक खानतलासी लिए। वार्ता स्थल कक्ष सम्म बिद्रोही सेनाले स्कर्टिङ गर्दै लगे । वार्ता भयो । डा के आइ सिंह को मागको लिस्ट टेबुल भयो ।
१ अहिले सरकार तुरन्त बर्खास्त गरी डा साहेब लाई सत्ता हस्तान्तरण गर्नु पर्ने,
२ गोलमेच सम्मेलन गरी संबिधान सभा को चुनाव गराउनु पर्ने ।
३ बिद्रोही सेनाको कमाण्डर लाई आर्मी चिफ बनाउनु पर्ने
४ अन्यथा बिद्रोहिले कार्यबाही गरी बलपूर्बक सत्ता कब्जा गर्ने ।
वार्ताको क्रमामा गणेश मानजी ले भन्नु भयो " तपाईं को धेरै माग र नेपाली कांग्रेस को माग उस्तै छन । त्यसैले तपाईं को माग प्रति ब्यक्तिगत समर्थन छ । "
जुङगे के आइ सिंह दङ ।
"संबिधान सभाको माग गर्ने पहिलो पार्टी नेपाली कांग्रेस नै हो, तपाईं लाई थाहा भएकाइ हो । सरकार तुरन्तै बर्खास्त गर्न पनि एउटा प्रोसेस हुन्छ, त्यसपछी के कसो गर्ने भन्ने बारे छलफल हुनु पर्यो । गोलमेच सम्मेलन प्रति पनि हाम्रो समर्थन रहने छ । तपाईं को यी सब कुरा लाई म मन्त्रिपरिषद मा राख्छु र निर्णय सुनाउन फेरी म नै आउछु , तपाईं धुक्क हुनु होस् ।"
गणेश मानजी को कुरा सुनेर बिद्रोही वार्ता टोली उत्साहित भए र २ घण्टा भित्र जवाफ आउनु पर्ने नयाँ शर्त तेर्साए ।
गणेश मान सिंह तत्काल नारायण हिटी फर्की अनौपचारिक रुपमा बीपी र मातृका बाबु सँग छलफल गर्न ब्यस्त हुनु भयो। त्यतिन्जेल बिहानी को भोजन को समय भैसकेको थियो । दरबार मै भएकोले राजा त्रिभुवनको आतिथ्यमा हुनु स्वाभाबिक थियो । भोजनकाल मा "बिन बोलाए मेहमान" सी पी एन सिंह कहाँ छुट्थ्यो र ।
"कुंवर के बच्चे चाइनिजोंकी गोटी है । साँप है साँप , शर कुचल्ना ही पड्ता है नहीं तो हम सबी डस लेगा । महाराज, आप हुकुम किजिए, हमारा कमाण्डो एअर्पोर्ट पे तयार हैं, १ घण्टे मे बिद्रोह खत्तम हो जाएगा ।"
सीपीएन सिंह को मनसुवा प्रस्ट थियो । केही शंकास्पद गतिबिधिहरुले डा के आइ सिंह को चिन सँग साँठ गांठ थियो जस्तो आभास चाँही हुन्थ्यो । तर बिशेश्वर प्रशाद , मातृका प्रसाद र गणेश मान जी लागयतलाई सीपिएन सिंह को सहयोगको प्रस्ताब् भित्रको कुनियतको अनुमान थियो । कसैले जवाफ फर्काएन सिंह को भनाइ प्रति । छिटो मन्त्रिपरिषद को बैठक बसी बिद्रोहीको माग सम्बोधन गर्ने तिर सबै लागे ।
बीपी,गणेश मान र मातृका जी लगायत सुरक्षा प्रमुखहरुको अलिखित एजेण्डा थियो - बिद्रोही लाई सके सम्म धेरै बेर अल्मलाउने । बिद्रोही को वास्तबिक शक्ती को अंकलन र मुल्याङ्कन गरी सोही अनुसार को तयारी गर्ने । नेपाली सेनालाई एकत्रित पारी बिद्रोही माथि धावा बोल्ने वा अत्म समर्पण गराउने । कुनै पनि हालतमा बिद्रोह दबाउने नाममा भारतीय सेना, सार्बभौम नेपाल मा प्रबेश न गराउने ।
राष्ट्रबादी नेताहरुलाई थाहा थियो , एक पटक नेपाल आए पछी भारतीय सेना फर्कदैन र नेपाल अनी नेपाली सदाको लागि भारतीय उपनिबेश हुने छ ।
मन्त्रिपरिषद को बैठक बस्यो । बिद्रोही को माग प्रति सरकार सहमत् भएको , सत्ता सुम्पिनु अघी गोलमेच सम्मेलन गर्नु पर्ने र त्यही सम्मेलनबाट डा सिंहलाई प्रधान मन्त्री बनाउने प्रास्ताब् स्वयं नेपाल कांग्रेसले राख्ने जस्ता गुलियो प्रस्तव सहित् गणेशमान जी फेरी वार्ता गर्न जाने निर्णय गरे ।
गणेश मान जी सरकार को प्रस्तव लिएर फेरी सिंह दरबार लाग्नु भयो ।
क्रमश: