Posted by: SimpLe_KeTa February 1, 2011
'तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ...’ गीतको अर्थ के होला ?
Login in to Rate this Post:     0       ?        
तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ?
मन पराएँ माया लाएँ, मैले के बिराएँ ?

खोसेको हैन मैले, चोरेको छैन मैले
ढुङ्गा खोज्दा देउता पाएँ, मैले के बिराएँ ?

कोही माया स्वर्ग माने, कोही माया नर्क ठाने
साँचो के हो बुझ्न चाहें, मैले के बिराएँ ?

अस्ति भेट्दा लाजले मरें, हिजो भेट्दा कुरा गरें
आज नजिक सर्दै आएँ , मैले के बिराएँ ?

शब्द, संगीत - एकनारायण भण्डारी
स्वर - अन्जु पन्त
एल्बम - अध्याय


एकनारायण भण्डारी सर ले गजल लाई पोप तिर ढाल्नु भएको महसुस गरेको छु ।
अन्जु पन्त म्याडम LadyGaga बाट प्रभावित हुनु भएको  महसुस गरेको छु ।

पोप बिजिनेस नै हो क्यार...

गाउनु भएको छ:
तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ? <-- Question
मन पराएँ माया लाएँ, मैले के बिराएँ ?  <-- Question नै Answer

मैले बुझ्या:
मायाको प्यास रैछ' अन्जु म्याडमलाई LadyGaga लाई जस्तै ।

बरु भिडियोमा नग्नता श्रेष्ठ राखेको पो छ कि?



Last edited: 01-Feb-11 10:02 AM
Read Full Discussion Thread for this article