Posted by: GorkheCowboy January 31, 2011
yehi ho bahunbaad bhanya !!!!
Login in to Rate this Post:     0       ?        

कांग्रेसबाट फेरि पौडेल नै उम्मेदवार हुने

 
काठमाडौ, माघ १६ -
कांग्रेस सभापति सुशील कोइरालाले सरकार निर्माणमा तीन दलबीच सहमति नभए संसदीय दलका नेता रामचन्द्र पौडेल उम्मेदवार हुने बताएका छन् ।

एमालेले उम्मेदवारी दिने/नदिने टुंगो लगाउन मंगलबार केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्रीका लागि बुधबार संसद्मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

कांग्रेस सभापति कोइराला निवासमा आफूनिकट केही केन्द्रीय सदस्यहरूसँगको छलफलमा कोइरालाले दलको विधान र परम्परालाई कायम राख्दै पौडेललाई उम्मेदवार बनाउने आफ्नो अडान यथावत् रहेको बताएका थिए । 'मूल्य मान्यता छाडेर पार्टी अघि बढ्न सक्दैन,' महामन्त्री प्रकाशमान सिंह सहितका केही केन्द्रीय सदस्यमाझ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पौडेलको विकल्पमा जानु हुँदैन । पार्टीको धारणा पनि यही बन्नुपर्छ ।'

देउवाले माओवादी र एमालेबाट आफूलाई समर्थन गर्ने प्रवल सम्भावना रहेको तर्क अघि सार्दै आफूलाई सहयोग गर्न कोइरालासँग आग्रह गर्दै आइरहेका छन् । देउवानिकट केन्द्रीय सदस्य पूर्णबहादुर खड्का विकल्पमा जाँदा कांग्रेसले नेतृत्व पाउने अवस्था पाएमा नेतृत्व त्यसका लागि पनि तयार रहनुपर्ने बताउँछन् ।

'अहिल्यै कसलाई उम्मेदवार बनाउने भन्नेबारे पार्टीमा छलफल भएको छैन । जसरी पहिला केन्द्रीय कार्यसमितिले निर्णय गरेर पौडेललाई शेरबहादुरजी प्रस्ताव र कुलबहादुर गुरुङको समर्थनमा सर्वसम्मत उम्मेदवार बनाएको हो, उम्मेदवार फिर्ता गर्दा पनि पार्टी निर्णयबाटै भएको हो,' खड्काले भने, 'अब कसलाई बनाउने भन्ने पनि केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्छ ।'

शिविरका लडाकुको समायोजन र पुनःस्थापना कार्य अघि बढाउने मुद्दालाई सर्तको रूपमा लिँदै मान्न तयार नभएपछि कांग्रेसले माओवादी नेतृत्व अस्वीकार गर्ने निष्कर्षमा पुगेको छ ।

गत बुधबार गोकर्ण बैठकमा लडाकु समायोजनको संख्या, विधि र समयतालिकामा सहमति भएमा माओवादी नेतृत्व मान्न कांग्रेस र एमाले नै तयार भएका थिए ।

पार्टीभित्रैबाट समायोजन र पुनःस्थापनाको कार्यान्वयन सुरु नहुँदासम्म सहमतिमा मात्रै नेतृत्व दिन नहुने दबाब परेपछि पार्टी पछि हटेको हो । 'लडाकुको समायोजन र पुनःस्थापना टुंगोमा नपुर्‍याउँदासम्म माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना छैन,' आइतबार वीरगन्जमा आयोजित एक कार्यक्रममा कोइरालाले भने, 'माओवादी पूर्णरूपमा निःशस्त्र पार्टी हुनुपर्छ ।'


Source:www.ekantipur.com
 
Last edited: 31-Jan-11 09:44 PM
Read Full Discussion Thread for this article