Posted by: Rahuldai January 31, 2011
देश पराधिन हुनबाट जोगेको रात ..........
Login in to Rate this Post:     1       ?         Liked by

 

देश पराधिन हुन जोगेको रात

भाग २


बीपीको कटाक्षपूर्ण आग्रह पछी ती भलादमी महाशय बैठक कोठा बाहिरै बसे मन परि नपरी बिशेश्वर सँग कुरा भलाकुसारी गर्न बसे । भित्र बैठक शुरु भयो । प्रधानमन्त्री मातृका प्रशाद कोइरालाले घट्ना को संक्षिप्त बिबरण पेश गर्नु भयो । अब बिद्रोहलाई शान्तिपूर्ण समाधानको लागि छलफल गरौं भन्ने प्रस्ताब फ्लोर मा राख्नु भयो ।

"हामीलाई समेत मार्ने वा सत्ता छोड्ने चेतावनी दिने बिद्रोह सानो जस्तो लाग्दैन, बिदेशीको ईशारामा र बिदेशीको समर्थनमा गरेको जस्तो लाग्छ। बिद्रोही लाई दबाउन हाम्रो सेना पर्याप्त छैन जस्तो छ। महामहिम सिंहले सरकारले चाहे १ घण्टा भित्र काठमाडौ मा कामाण्डो झारी दिन्छु भन्नु भाको छ । मेरो बिचारमा कमाण्डो लाई बोलाउन उपयुक्त हुन्छ । "

राजा त्रिभुवनले आफ्नो मन्तब्य राख्नु भयो । मातृका बाबु लागयत मन्त्रिपरिषदका लगभग सबै सदस्यहरु सहमत् थिएन राजाको प्रस्ताब प्रति ।

"सरकार, पहिला बिद्रोही को शक्ती कति छ, संख्या कति  छ, वास्तबिक माग के हो त्यो बुझौं , हामी आँफै समाधान गर्न सक्ने हो कि हैन बुझौं । हतारमा बिदेशी गुहार्नु राष्ट्रको लागि ठीक हुंदैन । सर्बप्रथम एक जना दूत पठाऔं । उता को रियाक्सन बुझौं । " प्रधान मन्त्रिले आफ्नो असहमती पोखे ।

"तपाईंहरुलाई यसरी समस्या समस्या सुल्झिन्छ जस्तो लाग्छ भने त्यही गर्नुस् , मेरो मन्जुरी छ । मैले त सिपिएन सिंहले मलाई भनेको कुरा तपाईंहरुलाई राखी दिएको मात्र" राजा  त्रिभुवनले आफ्नो सहमति पोख्नु भयो।

मन्त्रिपरिषदले एक जना अधीकारीलाई सिंहदरबारमा सरकार बिद्रोही सँग तत्काल वार्ता गर्न तयार रहेको र लिखित मागको आग्रह सहित दूत पठाउने निर्णय गर्‍यो र पुरै मन्त्रिमण्डल र उच्च  सरकारी तथा सुरक्षा अधीकारीहरु नारायण हिटी मै बसी हरप्रहर को मुल्याङ्कन गर्ने भयो।

सी.पी.एन. सिंह अर्थात चन्द्रेश्वर प्रशाद नारायण सिंह, शक्ती साली भारतीय राजादूत। राजा त्रिभुवन स-परिवार भारतिय दूताबास मा शरण लिंदा देखी उनै राजादूत थिए । त्यै भएर पनि होला, राजा उहाँ प्रति  आभारी थिए र  निकटता पनि । राजा त्रिभुवनको शयन कक्ष सम्म सहज् आवतजावत थियो उहाँको ।

दूत गए, दूत फर्के । सिंह दरबार कब्जा गरी आँफै शक्ती केन्द्रको घोषणा गर्ने ब्यक्ती थिए डा. ईन्द्रजीत सिंह कुँवर अर्थात डा. के. आइ. सिंह । सरकार को प्रधान मन्त्री वा मन्त्री सँग मात्र वार्ता गर्ने, राजा बचाउने हो भने आफुलाई प्रधान मन्त्री बनाउनु पर्ने , वार्ता सिंहदरबार भित्रै हुनु पर्ने आदी माग सहितको  पत्र लिएर दूत फर्के ।

यतिन्जेल नारायणअहिटी भित्र अनौपचारिक बैठकहरु भए । चिया नास्ता भए । बिशेश्वर, मातृका, गणेशमान सिह लागायत प्रमुख हस्तिहरु सामरिक योजना तयार पार्दै थिए ।

दूत फर्के पछी मन्त्रीपरिषद को बैठक बस्यो । दूतले ल्याको सन्देश माथि छलफल भयो । बैठक मा केही मन्त्रीहरुले यस अघी राजाले ब्यक्त गरेको अभिब्यक्तिमा अझ जलप लगाउदै कमाण्डो बोलाउन ढिला गर्नु नहुने बिचार  राखे ।

"त्यो कुँवर चाइनिज कुकुर हो , बौलाहा कुकुर, गोली हानेर  मारिएन भने हामी सब्बै मर्छौ ।"  एक मन्त्रीले आबेशमा आएर भाषिक मर्यादाको सीमा समेत् नाघे ।

मातृका बाबुले भन्नु भयो "ठिकै छ, कमाण्डो चाहिए बोलाउला तर चाहिन्छ चाहिदैन त्यो पहिला अध्ययन गर्नु पर्‍यो नि । वार्ताबाट समस्या समाधान हुन्छ भने किन हतियार चलाऊने । गणेशमान जी जस्तो परिपक्व मन्त्री वार्ता गर्न जादै हुनु हुन्छ, अबश्य केही बाटो भेटिने छ । अहिले हतार नगरी हाल्नुस् मन्त्री ज्यू ।"


निर्णय अनुसार गणेश मान सिंह बिद्रोहीको शर्त अनुसार बिना अंगरक्षक ड्राइभर बाबुकाजी सँग सिंहदरबार तिर लाग्नु भयो ।

क्रमश: 

Read Full Discussion Thread for this article