Posted by: Geology Tiger January 30, 2011
She is the bomb!
Login in to Rate this Post:     1       ?         Liked by
म कुनै पनि नेपाली टेलिसिरियलको नियमित दर्शक होइन तर कहिले काँही तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सै लगायतका कार्यक्रमहरु हेर्छु। रमाईलै हुन्छन् तर कहिलेकाँही चाँही कलाकारहरु चाहिने भन्दा बढी अभिनय गर्छन् र दर्शकलाई जवर्दस्ती हँसाउन खोज्छन्। मेरी बस्सैको कुरा गर्ने हो भने मलाई धुर्मुसे र सुन्तलीको भन्दा माग्ने बुढाको अभिनय बढी मनपर्छ। माग्ने बुढाको अभिनय स्वभाविक लाग्छ, धुर्मुसे र सुन्तली चाहिने भन्दा बढी अभिनय गर्छन् र दर्शकलाई जवर्दस्ती हँसाउन खोज्छन् जसले गर्दा मलाई हाँस उठ्दैन बरु रिस उठ्छ।  
Read Full Discussion Thread for this article