Posted by: gorkha_lahure January 29, 2011
अम्रिका को दुई थरि मानव अधिकार र प्रजातन्त्र:इजिप्टको आन्दोलनको सन्दर्भ
Login in to Rate this Post:     0       ?        

 इजिप्टको दङगा पुलिसले आन्दोलित जनता माथि प्रयोग गरेको अम्रिकामा बनेको अश्रु ग्यासले त होस्नी मुबारकको समर्थन गरेको ठरिन्न होला। तर इराक युध्ध ताका देखि अम्रिकाको महत्वपुर्ण सहयोगी मुबारकको सरकार अहिले जनता को आन्दोलन को तारो बनेको छ। ८२ बर्षे, तीन दशक सम्म शासन गरेको मुबारकलाई ओबामाले फोन गरेर जनताको भावनालाई सम्मान  गर्न भने र मानव अधिकार र प्रजातन्त्र को कुरा पनि गरे। तर राजनीति बाहिर देखे जस्तो हुन्न। भित्र भित्र अनेक कुरा हुने गर्छन्। भित्र भित्र ओबमाले के  भने के  था हाम्लाइ। यसो अनुमान लाउदा खेरी अहिलेको यो आन्दोलनले इजिप्ट्मा मुबारक को निद हराम गरेको छ भने यता अम्रिकामा ओबामा को। अम्रिकी  सेनाको नजिकको सम्बन्ध छ भनिएको इजिप्टको सेनाले मुबारक लाई साथ् देको छ र त्यसैले मुबारकले सेना परिचालन गरेर आन्दोलन दबाउन प्रयास गर्दै छ। अघिल्लो बर्ष मात्र अम्रिका ले इजिप्टलाई $१.३ billion दान देको रैछ। यसै बाट बुझिन्छ अम्रिकी  स्वार्थ।

अम्रिका यस्तो मुलुक हो आफ्नो स्वार्थ पुरा हुने भयो भने जस्लाइ, जस्तो सरकार लाई पनि सहयोग र समर्थन गर्दछ। उसका मानव अधिकार र प्रजातन्त्र त अरुलाई सिकाउन मात्रै प्रयोग गरिने शब्द मात्र जस्तो। 


तीन दशक देखी शासन गरिराको मुबारक डिक्टेटर नै हो। तर अम्रिकी सरकारको उप-राष्टपतिले उसलाइ डिक्टेटर नभन्ने रे। किन भने उनिहरुको सम्बेदन्सील सम्बन्धको कारणले। अम्रिकाले भनेको खुरु खुरु मान्यो भने केही नहुने। निरन्कुस शासन भए पनि कान थुनेर बस्ने। सुनेको नसुनेइ झै गर्ने। यस्ता अरु धेरै उदाहरण छन्।

अर्को तर्फ अम्रिकाको इसरामा नचल्ने र उसलाइ सहयोग नगर्नेलाई के गरेको छ, त्यो त हामले देखि रा'कै हो। अहिलेको इजिप्टको आन्दोलनले अब ओबामा प्रसासनको टाउको साच्चिकै दुखेको छ। हेरम कसरी ह्यन्डल गर्छ यो इस्सुलाइ।

सबै आन्दोलनहरु उपलब्धिमा टुङिदैनन्। त्यसको लागि धेरै कुराहरु मिल्नु पर्छ। सहि नेत्रित्व एउटा महत्व पूर्ण पाटो हो। यो आन्दोलनको नेत्रित्व कस्तो छ त्यो हेर्न बाँकी छ। त्यहाका जनता ले दसकौ सम्म एक कोरो शासन गर्ने मुबारकलाई कम्तिमा पनि फाल्न चाहेका छन्। उनिहरुलाई मेरो सुभकामना छ।  सके सम्म काम छेतिमा धेरै उपलब्धी मिलोस्।

copy pasted from

http://giri25.blogspot.com/2011/01/blog-post_28.html

Read Full Discussion Thread for this article