Posted by: crazy_love January 28, 2011
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-१७

बेलुकी निक्कि अलि ताजा देखिन्थी, भर्खर नुहाएकी होली, अनुहारमा चमक थियो। उ किचेनमा केहि तयारी गर्दैथी, म फर्किदा। एकछिन म त्यतिकै ओल्याङ्टोल्याङ् गर्दै टिविमा च्यानल फेर्न थाले। मलाइ निक्किसङ भन्ने कुराहरु धेरै छन् जस्तो लाग्छ तर जब उ मेरै सामु हुन्छ म त्यो सबै बिर्सिन्छु।

"आज कस्तो भयो त काम?" उसले तातो चिया मेरो लागि बनाइदी।


"जस्तो सधै हुन्छ।" म अलिकति हासे।

"भनेपछि दामी जस्तो छ।" उ नजिकै बिस्कुटको प्लेट लिएर आइ।

"एउटा ह्यान्सी छ, अस्ति देखि म सङ नजिकिने कोशिशमा छ।" मैले देब्रे आँखा झिम्काए।
उ उन्मुक्त हाँसी।

"फेरि लबभन्दा पहिलेको ट्र्याजिडी हुने भयो।" निक्किले पनि देब्रे आँखा झिम्काइ।

"अनि कस्तो छ त त्यो ह्यान्सी?" निक्कि जिस्किन थाली।

"जस्तो फिलिममा नायकहरु हुन्छन्। चुस्त शरीर, मधहोशा आखा अनि लट्ठ पार्ने मुस्कान। तिमी पनि उसलाइ देख्यौ भने भुतुक्कै हुन्छौ।" मैले गफ हाके, तर बास्तबमा हो भने मायर निकै आकर्षक नै थियो। उसलाइ अभिनय आउछ कि आउदैन थाहा छैन, तर बलिवूडमा गयो भने हिट हुन्थ्यो।

"एकदिन उसलाइ हेर्ने बहानामा तिमीलाइ भेट्न आउनु पर्‍यो कि क्या हो?" निक्किले योजना बनाइ।

"मैले पनि तिम्रै लागि त सोचेको।" मैले भनिदिए।

"किन तिमीलाइ त्याग र बलिदानको पाठ याद आयो कि क्या हो?" उसले सोधी।


"सबै ठिकै छ तर--" मैले निक्किलाइ हेरे।

"तिम्रो तर ले सबै कुरा पर पर हुन्छ। मलाइ थाहा छ। तिमीसङ कति धेरै तर छ।" उसले मेरो कुरा बुझिन।

"उ मेरो मातहतमा काम गर्ने कर्मचारी हो, अनि एउटै सँस्थामा काम गर्ने साथीसङ कहिल्यै पनि सम्बन्ध राख्नु हुदैन, पछि धेरै जटिलता आउछन्। झन त्यसमा पनि मेरो नाम त अरु कसैको मनमा लेखिसकेको छ, त्यो डिलिट भैसक्यो कि थाहा छैन। तर मैले कसैलाइ पनि त्यस्तो नियतले हेर्न मिल्दैन।" मैले प्लेटको एउटा बिस्कुट लिए।

"साचै नीलेश कहिले आँउछ?" निक्किले सोधी।

"थाहा छैन। जहिले पनि ब्यस्त छु भन्छ, काठमान्डुमा धेरै काम बाकि छ भन्छ। अब त मैले सोध्नै छोडिसके।" उ पक्क परेर लाटी जस्तो हेरिरहेकी थी।

"कतै नीलेशको अर्कै चक्कर त छैन? आजकाल उसले फोन गरेको पनि देख्दिन। कतै तिमीहरुको पनि टाढाको सम्बन्ध टिकाउ हुदैन भनेको जस्तो हुने त हैन?" निक्कि गम्भिर भइ।

"जे सुकै हुन सक्छ। तर म अझै सकारात्मक छु। शायद नीलेश यहा आउनै रुचाउदैन, उ त्यही बस्न चाहन्छ। त्यो पनि ठिकै छ। कसैलाइ उसको इक्षाबिरुद्ध जबरजस्ती माया गराउन त सकिदैन नि।" मलाइ जे लाग्यो त्यही भने।

"जीबनको दुख नै यही हो, जे गर्न मन लाग्दैन त्यही गर्नु पर्ने बाध्यता हुन्छ।" उसले टिबि अफ गरी।

"तर सधै दुखी भएर बाच्न सकिदैन निक्कि। हामी जन्मेको दुखकै लागि मात्रै हैन।" मैले निक्किको अनुहारको गम्भिरतालाइ हेरे। उ उदाश भइ।

"बुबालाइ फोन गर्‍यौ?" मैले त्यही प्रसङ ल्याए।

"ए, अहिले खतरा छैन रे। अलि झोल खानेकुराहरु खान थालिसक्नु भयो रे। खासै मैले फोन गर्नै पर्ने जस्तो लागेन। जसको मृत्‍युको कामना म गर्थे, उसैलाइ के स्वास्थ्यलाभको कुरा गर्नु।" निक्कि पारदर्शी छे, उ कुरा लुकाउन सक्दिन।

म सुनि रहे। उसको मनभित्र गढिएको ब्यथा धेरै छ, उ पत्र पत्र खोल्छे कहिले कहि।

"मैले आमाको ममता पाइन, जन्मिनेबितिकै मलाइ जन्म दिने आमा बित्नु भयो। मेरो मनमा जहिले पनि मेरो आमा कस्तो हुनुहुन्थ्यो होला भन्ने लागिरहन्थ्यो। मेरो हजुरबुबा भन्नुहुन्थ्यो "उहा एक्दमै राम्री हुनुहुन्थ्यो रे, तर कसैलाइ केहि पनि नभन्ने। पीर ब्यथा सबै मनमा राख्ने। एक्लै रोएर बस्ने तर कसैलाइ केहि नभन्ने। धेरै सहनशील रे।" मलाइ अझै धेरै कुरा बुबासङ सोध्न मन लाग्थ्यो। तर बुबा त सधै सानी आमाको लोग्ने र उहाबाट जन्मेको सन्तानको मात्रै अभिबाबक हुनु भयो। म त को न को भये।" निक्किको दुख झन ठुलो छ मैले महशुस गरे।

नीलेशको मौनताले जति मलाइ चोट पुर्‍याउछ त्यसको तुलना निक्किको दुखसङ गर्नै सकिदैन।

"तिम्रो गालामा सेतो दाग छ भनेको हैन?" निक्किले मैले बिर्सेको कुरा सम्झाइ।

" अँ, हेर त।" मैले आज राम्ररी अनुहार हेरेकी पनि थिन।

"ए, हो त अलि अलि छाया जस्तो पो छ। डाक्टरलाइ छिट्टै देखाउ।" निक्किले नि देखी सेतो दाग।

"अब अर्को हप्ता जानु पर्ला। हुन त यसले मलाइ केहि गरेको छैन। दुखेको छैन, अलिकति छाया जस्तो त हो। बेकारमा किन चलाउनु आफै जान्छ कि है?" मलाइ निक्किको राय चाहियो।

"त्यो पनि हो, बेकारमा नचाहिने के चिन्ता गर्नु ? त्यति देखिदा नि देखिदैन। भित्रि सौन्दर्यको तुलनामा बाहिरी सौन्दर्य गौण हुछ।" निक्किले मलाइ राहत दिने कोशिश गरी।

"भित्रि सौन्दर्य देखिने माइक्रोस्कोप भए पो। हेर्ने त बाहिरी सौन्दर्य नै हो, हैन र?" मैले सोधे।

"तिमी सुन्दर छौ, भित्रबाहिर दुबै।" उसले मलाइ फुर्क्याइ।

"तिमी पनि राम्री छौ, भित्रबाहिर, आध्यात्मिक,साँसारिक सबै रुपमा।" मैले नि उसलाइ सर्काए। तर हामीहरु सामान्य छौ, भिडहरुमा भिन्दै देखिदैनौ, भिडकै एउटा भाग जस्तो मात्रै।

"हामी बाहिर नगएको धेरै भयो है?" निक्किले अनौठो कुरा ल्याइ।

"सधै जान्छौ नि, काम, ग्रोसरी, ग्यास स्टेसन! के भनेको बाहिर नगएको रे?" मलाइ हाँसो उठ्यो।

"एसो ककटेल नपिएको धेरै भयो। अब यो विकेन्डतिर जाउ। मेक्सिकन मार्टिनि! के छ बिचार?" उसले फेरि पिउने कुरा झिकि।

"त्यसमा त मेरो असहमति हुनै सक्दैन। साँच्चै एउटा राम्रो ठाउमा जाउ। कति जिन्दगीको तनाबलाइ सुमसुमाइरहने?" मलाइ नि ठिक लाग्यो उसको प्रस्ताब।

"कति सम्म महङो रेस्टुरेन्टमा जाने त? तिमी मलाइ आइडिया देउ त।" उसले जहिले पनि बजेटिङ्लाइ पहिलो प्राथमिकता दिन्छे। त्यो राम्रो कुरा पनि हो। मलाइ चाहि त्यस्तो आइडिया छैन।

"ह्या, जहा राम्रो ककटेल पाउछ त्यही। के बजेटको कुरा गरिराको? क्रेडिट कार्ड जिन्दाबाद!" बजेटको कुराले मनलाइ खुम्च्याउछ कहिले कहि। अस्तिको महिना जाबो ५ किलोमेटर मात्र बढी हुदा पनि स्पीडि टिकेटले १४० तिर्नु पर्‍यो।

साच्चै क्रेडिट कार्ड कहा राखे भन्दै म खोज्न थाले। निक्कि गुगल सर्च गर्न थाली बेस्ट ककटेलको लागी।

क्रमश:

Read Full Discussion Thread for this article