Posted by: NALAPANI January 25, 2011
Sujata lai bhete 3 .........
Login in to Rate this Post:     0       ?        
Sujata lai bhete 3 jhapad hanchhu............................bharol ka junge !!!

रेग्मी भन्छन्- ‘सुजातालाई पाए तीन झापड हान्छु’

झलनाथसँग माफी नमागेको दावी

 
[Disallowed String for - ] type="text/javascript" src="http://s7.addthis.com/js/250/addthis_widget.js#username=xa-4ce394fb7ad854eb">
[Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js"> [Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/js/r20101117/r20110120/show_ads_impl.js" type="text/javascript">[Disallowed String for - ] type="text/javascript">google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

११ माघ, सुनसरी । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई झपड हानेर एकाएक चर्चामा आएका सुनसरी भरौल-१ का देवीप्रसाद रेग्मीले उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालालाई तीन झाडप हान्ने चाहना देखाउनुभएको छ ।

धरौटीमा रिहा भएको भोलीपल्ट मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै रेग्मीले भन्नुभयो- ‘देश विगारेकाले मैले खनाललाई त एक झापड मात्र हानेको हुँ । सुजाता कोइराला भएको भए तीन झापड हान्थे ।’

उहाँले झापड हानेकोमा आफुले खनालसँग माफी नमागेको पनि दावी गर्नु भयो । उहाँले भन्नुभयो-’मलाई यहाँ सही गर भनेपछि गरेको हो । त्यहाँ के लेखिएको छ मलाई थाहा छैन । भोली केही भएको अवस्थामा परिवारले खोज्न पाउने छैन भनेर लेखिएको पनि हुनसक्छ । त्यो उहाँहरुलाई नै थाहा छ ।’

रेग्मीले नेताहरुले देश विगारेकाले सबैलाई सवक सिकाउन झापड हानेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’मैले व्यक्तिलाई होइन,नेताहरुको चेत खुलोस भनेर झापड हानेको हुँ ।’

माघ ६ गते सुनसरीको इटहरीमा एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष खनाललाई झापड हानेका रेग्मी मंगलबार १ हजार धरौटीमा रिहा हुनु भएको थियो ।


http://www.onlinekhabar.com/2011/01/25/32552.html

Read Full Discussion Thread for this article