Posted by: BirKrishna January 25, 2011
कति घीनलाग्दो नेपाली राजनीति: दुर्गाप्रसादको किर्ते वक्तव्य बनाए झल्लुले
Login in to Rate this Post:     1       ?         Liked by
साभार: माइसंसार कम
कति घीनलाग्दो नेपाली राजनीति: दुर्गाप्रसादको किर्ते वक्तव्य बनाए झल्लुले

अबिरले रंगिए रेग्मी, उनी एमालेको निगरानीमा
By Salokya, on January 25th, 2011

अबिर रंगाउन सेना पनि ? कि कम्ब्याट ड्रेस लगाएका सर्वसाधारण मात्र हुन् ? फोटोः अमर खड्का
देशको तेस्रो ठूलो दल एमालेका अध्यक्ष तथा भावी प्रधानमन्त्रीका एक संभावित उम्मेदवार झलनाथ खनाललाई सार्वजनिक स्थानमा झापड हान्ने देवीप्रसाद रेग्मीलाई आज सुनसरी भरौलका स्थानीय बासिन्दाले अबिर लगाएर स्वागत गरेका छन्।
गाउँलेले उनलाई अबिरले रातै बनाएर गाउँ डुलाए।

माफी मागे भनिएका रेग्मीले यो वातावरणबाट हौसिएर आफ्नो गाउँमा पुग्दा यसो पो भन्छन् त गाँठे- देश बिगार्ने नेतालाई झापड हानेकोमा गर्व छ, किन माफी माग्नु?

उनले यस्तो स्पष्टीकरण दिए- ‘छुटने क्रममा प्रहरीले चारवटा कागजमा हस्ताक्षर गराएको छ। माफी पाउँ भनेर काही कतै कसैलाई भनेको छुइनँ।’


यसअघि उनले माफी मागेको हस्ताक्षरसहितको विज्ञप्ति आएको र त्यसपछि आफूले माफी दिएको एमाले अध्यक्ष खनालको वक्तव्य आएको थियो। वक्तव्यबाजीपछि सार्वजनिक अपराधको मुद्दा दायर गरिएका रेग्मीलाई सुनसरीका सीडीओले हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका थिए। हिजो छुटेका रेग्मी आज आफ्नो गाउँ पुगेका हुन्।

रेग्मी छुटेपछि उनलाई केही हुनसक्ने चिन्ता केहीले जाहेर गरेका छन्। विशेष गरी एमालेको वाइसीएलका रुपमा चिनिने युथ फोर्सका कसैले उनलाई केही गर्नसक्ने अनुमान गरिएको छ। तर उनलाई अहिले केही हुँदा पार्टी कै बदनामी हुने भएकोले तत्काल त्यो खतरा नरहेको तर भविष्यमा त्यस्तो अवस्था आउन सक्ने विश्लेषण गर्नेहरु पनि छन्।

रेग्मी छुटेपछि एमालेको सुनसरी जिल्ला कमिटीले उनलाई निगरानीमा राख्‍ने जनाएको छ। घटनापछि उपसचिव मोतीराज सुनुवारको संयोजकत्वमा गठित समितिको औचित्य सकिए पनि उनले भनेका छन्- पार्टीले रेग्मीलाई उक्साउने व्यक्ति भए–नभएको निगरानी गर्नेछ।
Read Full Discussion Thread for this article