Posted by: Fokatiya January 22, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     0       ?        
 मित्र, म मान्छु उस्लाई आर्थिक सहयोग मैले बिना करकाप नै गरेको हो। जब तिमी कोही सँग प्रेम गर्छौ, तिमी त्यो ब्यक्तीलाई पक्कै दु:ख भएको हेर्न सक्दैनौ उस्को काम थिएन, नेपाल बाट मगाउने अवस्था थिएन र मेरो राम्रै कमाइ हुँदा, आफ्नै हुने वाला श्रीमती हो भनेर सहयोग गर्न मन लाग्दैन होला त? कमिट्टेड रेलसन भनेको यही हैन त?

उस्ले कहिले पैसा मागिन, म नै दिन्थ्ए। घर को भाडा, बिल, ग्रोसरी मै तिर्थे। अब कमाइ नभाको प्रेमिका लाई तिर भन्न नि भएन नि। अब एस्तो धोखा हुन्छ भन्ने थाहा भये उस्को नजिक नै आउँदैन थिए नि।


राजकेदार जि, म मान्छु मान्छे को बाच्ने अधिकार हुन्छ र स्वतन्त्रता उस्ले रोज्ने छुट नि हुन्छ, तर जब परिवार सबैलाई थाहा दिएर, बिहे गर्ने बाचा गरेर एसै उम्कन त मिल्दैन नि, हैन? ठीक छ, प्रेमिका मात्र बन्ने तर बिहे नगरने भनेको भये सारा संसारलाई मेरो हुनेवाला भन्दै चाइनाउदैन हिड्दैन थिए होला।
 
मलाई अरुको थाहा छैन, तर उनी मेरो पहिलो प्रेमिका थियिन। अरु कुनै किसिमको अनैतीक काम गर्दै, बेश्याहरु सँग संपर्क राख्दै म कैले हिंडेको छैन। यो उन्लाई नि थाहा छ।हाम्रो सम्बन्ध बिग्रिनु पर्ने आवश्यकता मैले देखिराको छैन। बर्षमा २-३ चोटि साधारण झगडा हुन्थ्यो, तर मात्रा २-३ घण्टा को लागि। यो स्वाभाबिक हो। एक जना ले कमाउने भएपनी आर्थिक तथा सामाजिक स्थिती हाम्रो राम्रै थियो। ४ बर्ष को सम्बन्ध म मान्छु पहिले लव पर्न लाग्दा जस्तो भन्दा धेरै फरक हुन्छ।
तर ४ बर्षमा नि मैले चिन्न सकिन, यो कस्तो जात हो मान्छे को?
Read Full Discussion Thread for this article