Posted by: Geology Tiger January 20, 2011
यो जस्तो राम्रो समाचार अरु के होला?
Login in to Rate this Post:     2       ?         Liked by

यसैगरि सबै चोर नेताहरुले जनताको झापड खाए कति राम्रो हुन्थ्यो होला?

झलनाथले खाए झापड

एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा एकजनाले झापड हानेका छन्। एमालेकै पूर्व पार्टी कार्यकर्ता रहेका देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका हुन्। झापड हान्ने रेग्मीले नेताले देश बिगारेकाले आफूमा आक्रोस बढेको र आवेगमा आएर खनाललाई झापड हानेको स्पष्टोक्ति दिएका छन्।

अचानक झापड प्रहर भएपछि सयौं कार्यकर्ताबीच रहेका खनाल तिल्मिलाएका थिए। झापड हान्ने रेग्मी संविधानसभा चुनाव अघिसम्म एमालेकै कार्यकर्ता रहेको र त्यसपछि पार्टीगत रुपमा स्वतन्त्र जीवन बिताइरहेका व्यक्ति हुन्। मुलुकको तेस्रो ठूलो दलको अध्यक्षका गाला चड्काइ दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Read Full Discussion Thread for this article