Posted by: shirish January 19, 2011
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     1       ?         Liked by

देख्दा खेरिमा अर्कै, चिन्दै जाँदामा अर्कै म !

खोज्ने बेलामा अर्कै, भेट्ने बेलामा अर्कै म !

 

जस्तो चाहियो उस्तै गरि प्रयोग भएछु

तृप्त मनमा अर्कै, प्यासी आँखामा अर्कै म !

 

सानो उचाई तर ठूलो रहेछ अन्तर

तल भुईंमा अर्कै, माथी हांगामा अर्कै म !

 

तिम्रा नजर छोपी प्रीत लाएको भन्दिएँ 

चोखो मायामा अर्कै, छक्का पञ्जामा अर्कै म !

 

तिम्रो कथाको पात्र जस्तै छ मेरो चरित्र

सार अंशमा अर्कै, पूर्ण ब्याख्यामा अर्कै म !

 

बष्टन

जनवरी  २०११


 
Read Full Discussion Thread for this article