कथाको समाप्ती मै सबै मित्रगणमा एकमुष्ठ धन्यवाद ज्ञापन गर्ने बिचारले बीचमा धन्यवाद ज्ञापन गरिन, क्षमा चाहन्छु ।
बैरे- आज को दिन सम्म त्यो पाखण्डी जिउदै रहेको होला र ?? शैतानहरु छिट्टै मर्दैनन रे भन्छन। जिउदो भेटिए खबर गरौला ।
लहरे - राम धुलाई श्याम धुलाई गर्न मान्छे त भेटिनु पर्यो नि ? मखुला ??
सुपर ००७ - धन्यवाद, तपाईंहरु कै सदभाव मा मनको भाव पोख्ने गरेको छु । जे देखें जे भोगें , त्यही लेखें ।
ओबामा- मन छुन सकेकोमा सन्तोष लागेको छ। अर्जुन देब भन्दा नि अर्जुन देब लाई पठाउने दुष्ट को खोजिमा छु ।
मुल्मी- त्यो तान्त्रिक छिमेकी देश को हैन, छिमेकी जिल्ला को चाँही हुन सक्छ ।
हसाउने परी- दसैं को मुख मा त केही हैन, त्यो घट्ना पछी हाम्रो घरमा बिपत्ती लाइन लाएर आए, अझै त्यसको असर बाँकी छ । हेर्नु होस् पिताजीको सुनको तक्मा ।
एटोमिक- ३०० रुपैया सुब्बा साहेबको एक महिनाको तलब हुन्थ्यो, सुन एक तोलाको ६०० देखी ७०० थियो त्यती बेला ।
जीते- धन्यवाद हौसला दिनु भएकोमा । अझै लेख्न सिक्दै छु । आफुले भोगेको दु:ख पोख्दा मार्मिक हुनु स्वाभाबिक हैन र ?
क्रेजी- कथा छिट्टै समाप्न गरी दिएं ।
धर्के - अब त चिन्नु भो होला अनुहार ? कतै तपाईं को छिमेक मा त छैन त्यो ? होसियार !!!!
दमयन्ती - धन्यबाद ।
चिसोमान - धन्यवाद । समय दिनु भएकोमा।