Posted by: crazy_love January 17, 2011
क्रमश:
Login in to Rate this Post:     1       ?         Liked by

भाग-१६

नयाँ बिरामी नुहाएर सुत्न गयो। मेरो मानसपटलमा थरिथरि चित्रहरु बने, भत्किए, फेरि बने, मेटिए। उसङ कुरा गरेको रिपोर्ट तयारी गर्दा केहि समस्या आयो, सुपरभाइजरको बिदा रहेछ। त्यसैले नजिकैको वार्डमा गए। त्यहा भारतीय मुलकी कर्मचारी रहिछ। नाम प्रभा, म भन्दा पनि होचि रैछे, गोलो शरीर मान्छे नै डल्लो डल्लो। घुम्रिएको कालो केश ढाडसम्म छोडेको। अनुहारमा लिप्स्टिक, गाजल सबै चिटिक्क मिलाएर लाएकी, सुनको गहना घाँटी, हात, कान सबैतिर झिलिमिलि टल्किरहेको थियो। उ फोनमा कसैसङ कुरा गर्दै थी। एकछिन कुरे र उ सङ जे सोध्नु थियो सोधे। उसले मद्दत गरी। पहिलो नजरमै उसले मेरो गला हात कान सबैतिर निरीक्षण गरी, जहाँ पितलका गहना पनि थिएनन्, सबै बुच्चो। दक्षिण भारतिय टोनमा "हाउ आर यु?" भनी, स्वरको बोल्युम वरिपरि मात्रै हैन धेरै धेरै टाढा टाढा सम्म सुनिदो रैछ, ढ्वा ढ्वा माइक फुकेको जस्तो। उसलाइ नेपाल बारे त्यति थाहा रहेनछ, खालि नाम मात्रै सुनेकी रहिछ। उ त्यहा काम गरेको २-३ बर्ष भैसकेको रहेछ। सामान्य कुरा गरेपछि म मेरो आफ्नै वार्डमा फर्के।

शेरी, मेरो मातहतको कर्मचारी, जसले पहिलो भेटमै ज्याकसङ मलाइ लक्षित गर्दै "यो मात्र यहा कति दिन टिक्ली र?" भनेर कानेखुशी गरेकी थिइ, मलाइ खोज्दै रैछे। उ बिरामी बिदामा थी र काममा नआएको धेरै दिन भैसकेको थियो। शायद मेरो बिदामा उ फेरि आएकी हुनु पर्छ। हुन त, उसको र मेरो सङै काम् हुदा कहिले म बिदामा हुन्छु कहिले उ। त्यसैले मैले उसलाइ नदेखेको धेरै भैसकेको थियो।

"आज मैले केहि खानेकुरा ल्याएकी छु। उता ब्रेक रुममा छ।" शेरीले मलाइ भेट्नासाथै भनी।

"तिमीलाइ कस्तो छ?" मैले सोध्नै मन नलागे पनि भने।

"डाक्टरले त अझै काममा फर्किने बेला भएको छैन भन्दैथ्यो। तर म आफ्नै जिद्दिले आए।" मलाइ उसको कुरा पत्यार लागेन। उ यस्तै कति बहाना बनाएर कयौ दिन सम्म बिदामा बस्थी रे पहिला पनि।

"तिमीलाइ पिज्जा मन पर्छ? मैले पिज्जा पनि ल्याएको छु।" शेरीले फेरि भनी।

"मन पर्छ।" मैले खासै खाने इक्षाले भनेकी थिइन।

"हिड न! उता जाउ!" शेरीले कर गरी। म अनिक्षामा पनि उसको पछि लागे।

ब्रेक रुममा पिज्जा मात्रै हैन बिभिन्न थरी परिकारहरु थिए र एउटा चकलेट केक पनि। प्याजी रङको टेबलक्लथ र प्याजी रङको न्यापकिनहरु थिए। शेरी मात्रै होइन अरुले पनि खाना ल्याएको जस्तो लाग्यो। सुफी त्यही खानेकुराहरु मिलाइरहेकी थिइ। तर कसैले पनि मलाइ केहि पनि भनेनन्। नत्र म पनि केहि ल्याउथे।

"आज ज्याकको जन्मदिन हो।" शेरीले मेरो प्रश्न अघि नै बताइ।

"हो र? मलाइ किन बताएनौ? म पनि त केहि ल्याउथे नि।" मैले भने।

"यतिका खानेकुरा छ, तिमीले किन ल्याउनु पर्‍यो? लौ, ज्याकलाइ पनि बोलाउ।" सुफीले केक सङै नाइफ पनि राखी।

ज्याक अप्ठ्यारो मान्दै आयो। अर्को वार्डबाट प्रभा र अन्य स्टाफ पनि आए। सबैले जन्मदिनको गीत गाए, ज्याकले केक काट्यो, सबैले आ-आफ्नो प्लेटमा खाना राख्न थाले। मलाइ सुफीले बनाएको खाना लिन मन लागेको थिएन तर उसले कूकिज ल्याएकी रैछ, मेरो मनले रोक्न सकेन र मैले खाए। सुफी पो मन नपरेको त कूकिजको के दोष भन्दै २-३ वटा खाए।

"हामी सबै स्टाफको जन्मदिन यसरी मनाउछौ। तिम्रो जन्मदिन पनि मनाउनु पर्छ।"शेरीले खादै भनी।

"पर्दैन, पर्दैन। मेरो जन्मदिनमा म बिदा लिन्छु।" मैले हत्त न पत्त भने।

"त्यसो भए तिमी काम गर्ने दिनमा मनाउला नि।" सुफी फेरि हा हा हा गर्दै हाँसी। एकछिनलाइ कामको स्ट्रेस बिर्सिए सबैले र फेरि काममै फर्के।

"हे--!" मैले कम्प्युटरबाट नजर हटाए,  अगाडी कालो, धेरै अग्लो हैन तर होचो पनि हैन, ठिक्क हाइट भएको, खदिलो शरीर भएको एउटा युबक थियो। उसको आखा अलि अलि  मदहोश जस्ता, सुलुत्त परेको तर अलि उठेको नाक, अनि त्यहि नाकलाइ सुहाउने भरिलो ओठं। उसलाइ मैले पहिले पनि देखेकी हु तर कहिले सम्झिन। उसको आइडीमा "मायर" लेखेको थियो। हेर्दा उ पनि भारतिय मुलको जस्तो देखिन्थ्यो। मैले उसको अन्तिम नाम पढ्ने कोशिश थिए।

"तिमी सङ रातो पेन छ?" उसले फेरि सोध्यो।

त्यसपछि मैले सम्झे, उसले अस्ति पनि पेन नै माग्न आएको थियो।

"म प्रभाको वार्डमा काम गर्छु क्या। तिमीले चिनेनौ कि क्या हो?" उसका आखाहरुमा अचम्मको चमक थियो। उ सहज रुपमा हासीरहेको थिएन। उसले मलाइ प्रत्यक्ष हेर्न सकिरहेको थिएन। उसका आखाहरु शायद केहि भन्दै थिए, तर मैले बुझ्न सकिन। एकोहोरो उसलाइ हेर्न थाले पछि मात्र म झल्यास्स भए, अस्ति मैले उसलाइ तिमी पनि भारतीय हौ भनेर सोधेकी थिए।

"म यहीको हुँ।" उसले मलाइ भनेको थियो र उसलाइ म भन्दा पहिले पनि धेरैले त्यस्तै सोधेका रहेछन्।

"तिमी कहाबाट आएकी नि?" उसले त्यही बेला सोधेको थियो।

"नेपाल!" मैले भनेपछि उ अलमलिएको थियो।

"एकदिन म तिम्रो देश जानेछु।" उ सङको मेरो पहिलो कुराकानीको फ्ल्याशब्याकलाइ भत्काउदै उसले मलाइ बर्तमानमा ल्यायो।

"मेरो देश कहा छ तिमीलाइ थाहा छ?" मैले सोधे।

"मैले हेरिसके। तिम्रो देश मलाइ धेरै सुन्दर लाग्यो। तिम्रो देशको मान्छेहरु पनि कति राम्रा रहेछन्।" उ फेरि मुस्कायो। मैले उ किन आएको बिर्सिसकेको थिए।

अर्को कुनामा बसेर मायर र मेरो कुरा सुनिरहेको ज्याकले अनायासै सोध्यो।"तिम्रो वार्डमा आजकाल पेन छैनन् कि क्या हो?"

"अ-- त्यस्तै भन्नु पर्‍यो।" टाउको कनाउदै मायर फेरि मुस्कायो।

बल्ल मैले मायर पेन माग्न आएको सम्झे र मेरो खल्तीबाट झिकेर रातो पेन दिए। "धन्यबाद!" भन्दै उ गयो।

"सबैले उसकै वार्डमा पेन पाउने, उसले मात्रै कहिल्यै नपाउने। जहिले पनि यही माग्न आउछ। अचम्म छ।" ज्याक खोल्च्याङ खोल्च्याङ गर्दै बाहिर निस्कियो।

ज्याकलाइ बिनासित्ति किन टाउको दुखाउनु पर्‍यो? मलाइ मायर प्रति त्यस्तो शँका लागेन। उ गलत नियत भएको मान्छे जस्तो लागेन। जे होस् मलाइ धेरै दिनपछि यत्रो भिडहरुमा उसको हाँसोमा चुम्बकिय आकर्षण भेटेको जस्तो लाग्न थाल्यो।

क्रमश:

Last edited: 17-Jan-11 06:57 AM
Read Full Discussion Thread for this article