Posted by: Rahuldai January 14, 2011
त्यो अनुहार !!!!!!!
Login in to Rate this Post:     2       ?         Liked by

त्यो अनुहार.......................

 

भाग २

पिताजीले त्यो अपरिचित अनुहार लाई ज्यासल भित्र आउनु भन्नु भयो । नमस्कार गर्दै " म पंडित अर्जुन  देब" , उनले आफ्नो छोटो परिचय तेर्साए ।
" यह, के कती कारणले मलाई खोज्नु भएको क्या रे " बाबाले जिज्ञासा राख्नु भयो ।

"किसन दाई , तपाईं भर्खर सगोलबाट छुट्टीएर यो घरमा आउनु भएको रे । बैंक को जागिर नि छोड्नु भयो रे । नयाँ काम नि राम्रो सँग सुरु भा छैन रे । बडा मुश्किल समय छ तपाईं को ।"

 एक एक घट्ना दुर्घट्ना को सबिस्तार बयान गर्दै थिए  ।  मानौं  त्यो अपरिचित ब्यक्ती भित्रिया हुन, हर एक यथार्थ सँग परिचित् । यो कुनै सामान्य मान्छे हैन। बसन्तपुर डबलिमा छिमेकी राष्ट्रबाट आएकाहरुले "ईन्द्रजाल" जादु देखाउदा जसरी म अवाक भएको थिएं त्यसरी नै हेरेको हेरै भएं ।

बाबाले अझै त्यो रहस्यमय ब्यक्ती माथि विश्वाश गर्नु भएन । तपाईंलाई यहाँ कसले पठाको ? अनी यी सब कुरा कसरी थाहा पाउनु भयो ?

एक छिन अक्मकिए उनी।

"मलाई ठमेलको पूर्णमान साहु ले " मेरो साथी लाई अप्ठेरो परेको छ , सहयोग गर्नु " भनेकोले घर खोज्दै आएको । म तान्त्रिक हुँ, मलाई तपाईं को सब दु:ख कष्ट थाह भयो अन्तरद्रिष्टी ले हेर्दा । निकै अन्यायमा पर्नु भाको रहेछ,  मैले सहन सकिन र सहयोग को लागि आएको । "

डुब्ने को त्यान्द्रो साहरा हुन्छ भन्छन्। पूर्णमान साहु, बाबाको पुरानो साथी, सधैं भलो चिताउने ब्यक्ती। बाबाको मन मा शायद कुनै देबदूत दुखियारीको घर मा पठाएको जस्तो आभास भयो होला त्यती बेला ।

माथि कोठामा पाल्नु होस् , त्यताइ कुरा गरौला भनेर तान्त्रिक महोदयलाई माथि लग्नु भयो । म  ज्यासल बन्द गरी माथि उक्लें ।
चोटामा आमा, दिदी , दाई सबै भेला भैसकेको थियो ।


तान्त्रिक महोदयले तिब्बतियन झोलाबाट एउटा " बज्र " निकाल्नु भयो र सबलाई छोएर हेर्नु भन्नु भयो । सबले छोए, केही अनौठो लागेन ।

"केही फरक महशुस गर्नु भयो ?? "

"अहं" सप्पैले एकै स्वर मा भने ।

एक छिन त्यो बज्रलाई केही मन्त्र  फुके जस्तो गर्नु भयो र दाई लाई फेरी स्पर्श गर्नु भन्नु भयो । दाई ले छुन के भ्याउनु भएको थियो, हुत्याइ दिनु भयो । करेन्ट लाग्यो रे ।

मलाई छुन डर लाग्यो । हच्किएं । केही हुंदैन बिस्तारै छुनु भनी हौस्याए पछी , डराइ डरै छोएं । २२० भोल्ट को करेन्ट लागे जस्तो झट्का दियो ।
बातावरणमा सन्नाटा छयो । तान्त्रिक महोदयले अर्को एउटा चिज निकाल्नु भयो चिन्तामणी झोला बाट । सबैलाई देखाएर मुट्ठिमा कसी " फू" के गर्नु भाथ्यो , त्यो फूलको पत्रहरुको रङ फेरियो ।

सबलाई लाग्यो, यो त साह्रै जान्ने तान्त्रिक बाबा रहेछ ।

पिताजीले सोध्नु भयो "अब भन्नुस् पंडित जी , के गरे यी दु:खका दिन हट्छ । "

तान्त्रिक महोदयले खोजेको नै त्यही थियो ।

"तपाईं र तपाईंको घरलाई हल्चोकको भैरब को दशा, टिका भैरबको दशा, शनि ग्रह को वक्र दृष्‍टि छ । ग्रह शान्ती गरे सब ठीक हुन्छ । समय एक दम उपयुक्त छ । भोली घटस्थापना , शुभ साइत छ । भोली देखी नै शान्ती पूजा गरे , दसैं सम्म मा तपाईंहरु को सब ठीक हुन्छ ।"

कुरो सत्य जस्तो लाग्नु स्वाभाबिक थियो ।

तपाईंहरुले केही गर्नु पर्दैन , सब म गर्छु । एक माना चोखो चामल ढोक गरेर दिनुस् र ।
त्यो " र "मा अर्थोक थियो नै ।
अनि ?

"र ५ सय रुपैया दिनुस् , हल्चोक मा हाँस भोग दिनु पर्छ, टीक भैरब त्यो........................। सब गरेर त्यती जती त खर्छ लाग्छ ।"
 
५ सय ? घरको चुल्हो मुश्किलले बल्ने घरमा ५ सय हुने कुरा भएन । बाबाले आमा लाई, आमा ले दाई लाई अनी दाई ले मलाई हेर्नु भयो ।

"आमाले भन्नु भयो , ५ सय त अली बढी भएन र ? हामीलाई यहाँ दिनको छाक  टार्न त मुश्किल भैराखेको बेला, कहाँ बाट ल्याउने ? अलि कम मा चल्ने भए सरसापट बाट भए नि मिलाउनु हुन्थ्यो । "

"हो त तपाईंहरु को मर्का मैले बुझेको छु । सके सम्म काम खर्च गरौला , अहिले ३०० दिनुस् , पुगेन भने पछी हिसाब गरौला । १५ दिन पछी हेर्नुस् तपाईं को घरको कायापलट हुन्छ । ३०० रुपैया को चिन्ता न लिनुस् । पंडित अर्जुन देब ले धेरैलाई यस्तो अवस्थाबाट पार लगाइ सकेको छ ।"
 

पैसा को जोरजाम गर्ने सल्लाह को लागि दाई, बाबा र आमा निस्कनु भयो माथिल्लो कोठामा । दिदी चिया बनाउन निस्कनु भयो । कोठामा तान्त्रिक र म मात्र थिए। अली अली डर लागि रहेको थियो ।

"कती क्लास  भाई ?"

"५ क्लास "

राम्रो सँग पढ्नु , ठुलो मान्छे बन्नु पर्छ ।

तान्त्रिक बाबाले यसरी सम्झाइ रहे कि उहाँ मेरो आफ्नै काका ठुलबुवा जस्तो ।

यत्तिकै मा पिताजीले पैसा लिएर आउनु भयो । त्यती बेला को ३०० रुपैया भनेको सुब्बाको एक महिने तलब बराबर थियो । कसरी जोड्नु भयो त्यति बेला मेरो सरोकार को बिषय रहेन ।

पैसा र चामल पोको पारी, "सप्पै पूजा आजा पञ्चमी सम्म सकिन्छ, सके षस्टमी , ढिलो भए फूलपाती सम्म मा , प्रशाद र जल लिएर आउछु । केही भएर आउन सकिन भने मलाई यो ठेगाना मा संपर्क राख्नु " भनेर सानो कागज मा ठेगाना लेखेर दिनु भयो र चिया नै न खाइ बिदा हुनु भयो ।

क्रमश: 
 

Read Full Discussion Thread for this article