Posted by: Narayangarh suburb January 7, 2011
हेर्दा हेर्दै बुढो हुन लागिएछ
Login in to Rate this Post:     5       ?         Liked by
 हेर्दा हेर्दै बुढो हुन लागिएछ 
राती उन्तिस, बिहान तिस पुगिएछ 
 
छयालिशमा झन्डा मात्र टागियो 
ट्रिसट्ठी आइपुग्दा दुई-चार करङ भाचियो 
राजनीति जानिएन भुलेर 
हाम्रा नेता बुढा भाछन र कपाल फुलेर?
 
बिरु स्वोर्गे भाको 
ज्ञानेले अजिङरले झै खाको 
बनमान्छेले कोट लाको 
यो देखियो, त्यो देखियो 
खै को नै आएर के पो नापियो?
 
ख्याल ख्यालमै पढियो 
हड्डी घोटेर जागिर खोजियो 
जोतिषीले बिदेसको बाटो देखायो 
जुनै जोगी आए पनि सिदा दिने नेपालीले खै के पायो? 
 
रगतको खोलो बगाएर हर्सोल्लहास गरेको 
नेता भनाउदाहरुले प्रसस्तै डेरा सरेको 
गगने हरुको उदय पनि हेरियो 
खै त आम नेपालीलाई फरक परेको? 
 
आज एक तिस पुगियो
दुई तिस, तीन तिस पनि पुगिन्छ 
सती ले सरापेको देश हाम्रो 
जनतानै नसुध्रे सम्म देस कसरी बन्छ?
 
हेर्दा हेर्दै बुढो हुन लागिएछ 
राती उन्तिस, बिहान तिस पुगिएछ 
Read Full Discussion Thread for this article