Posted by: arahat January 6, 2011
अब त मलाई नेपाली हुँ भन्न नी लाज लाग्छ
Login in to Rate this Post:     0       ?        
मृतकको क्षतिपूर्ति साउदी राजदूत अन्सारीको निजी खातामा
FRIDAY, 07 JANUARY 2011 10:22 नागरिक
?Share
smaller text tool icon medium text tool icon larger text tool icon
'डेढ वर्ष भइसक्यो, माग्दा दिँदैनन्'-
सुरेन्द्र पौडेल, काठमाडौं, पुस २३- साउदी अरबका राजदूत हमिद अन्सारीले त्यहाँ मृत्यु भएका नेपाली कामदारका परिवारलाई बिमा कम्पनीले दिएको क्षतिपूर्ति रकम निजी खातामा राख्ने गरेको खुलेको छ।
 
  पीडित परिवारका अनुसार सम्बन्धित बिमा कम्पनीले क्षतिपूर्तिबापत दूतावासलाई बुझाएको रकमबारे परिवारलाई जानकारी दिएको डेढ वर्ष बित्दा पनि राजदूतले उक्त रकम दिन मानेका छैनन्। क्षतिपूर्तिबापत आउने लाखौं रकम राजदूतले निजी खातामा राखेको आरोप पीडितहरूको छ।
मर्सिडिज गाडी चलाउँदा दुर्घटनामा परी साउदीमा मृत्यु भएका झापाका रमेश सुवेदी र काम गर्दा कम्पनीभित्रै दुर्घटनामा परी मृत्यु भएका सर्लाहीका सन्तलाल तामाङका परिवारले क्षतिपूर्तिका लागि परराष्ट्र मन्त्रालय धाएको डेढ वर्ष बित्दा पनि मन्त्रालयले समेत पीडितसम्बन्धमा कुनै चासो दिएको छैन। परराष्ट्रले समेत राजदूतका पक्षमा बोल्ने गरेको आरोप पीडितहरूको छ।
'घटनाबारे हामीले भर्खरै थाहा पायौं,' परराष्ट्र प्रवक्ता दुर्गा भट्टराईले भने, 'यथार्थ बु‰ने प्रयास गरिरहेका छौं।'
आफन्तका अनुसार सुवेदीको मृत्यु अघिल्लो वर्ष जेठमा भएको थियो। साउदीस्थित अदालतले परिवारलाई एक लाख रियाल (२० लाख रुपैयाँ) क्षतिपूर्ति दिने निर्णय गरेपछि बिमा कम्पनी 'पाहुनिया' ले चेकमार्फत उक्त रकम नेपाली दूतावासलाई बुझाएको थियो। बिमा कम्पनीले दूतावासलाई बुझाएको ४९६५५९ नम्बरको चेक फोटोकपी गरी फ्याक्समार्फत पीडित परिवारलाई पठाएको छ। चेकमा राजदूत अन्सारीले बुझेको सही गरेका छन्। चेकमा उल्लेख भएअनुसार गत वर्ष साउनमै बिमा कम्पनीले रकम बुझाएको हो।
'बिमा कम्पनीले एक लाख रियाल क्षतिपूर्ति दूतावासलाई बुझाएको चेकको फोटोकपी हामीलाई पठाएको डेढ वर्ष भइसक्यो,' पीडितका गाउँले नारायण परियारले भने, 'पैसा माग्दा दिनै मान्दैनन्।'
सुरुका केही महिना क्षतिपूर्ति लिन सुवेदीका बुबा र श्रीमती परराष्ट्र धाएका थिए। तर, काठमाडौं बसेर ताकेता गर्न पैसा नभएपछि छिमेकी परियारलाई क्षतिपूर्ति बु‰न जिम्मा लगाई उनीहरू घर फर्केका थिए। 'मै धाउन थालेको पनि आठ महिना भयो,' परियारले भने।
क्षतिपूर्तिका लागि साउदीस्थित दूतावासमा फोन गर्दा रकम प्राप्त नभएको जानकारी दिइएको उनले बताए। पीडितका अनुसार राजदूत अन्सारीलाई नै फोन गर्दा उनले उक्त रकम दूतावासको खातामा नभई आफ्नै खातामा राखेको जानकारी परिवारलाई गराएका थिए।
अन्सारीले बिमाको ४० प्रतिशत रकम दुर्घटनामा परेको गाडी बनाउन खर्च भएको र ४० प्रतिशत वकिललाई दिएको उल्लेख गर्दै २० प्रतिशतमात्र परिवारले पाउने जानकारी केही दिनअघि दिएको परिवारले बतायो।
'अरुलाई समेत उनले रकम निजी खातामा राखेको जानकारी दिँदै उपलब्ध गराउन आनकानी गरेका रहेछन्,' मृत्यु भएका अर्का कामदार तामाङका आफन्त रोजन रखालले भने, 'न हाम्रो समस्या परराष्ट्र मन्त्रालयले सुन्छ, न दूतावासले।'
तामाङको मृत्यु अढाइ वर्षअघि काम गर्दागर्दै भएको थियो। तामाङका भाइ अनिल पनि उनीसँगै काम गर्थे। अनिलले नै बिमा कम्पनीले क्षतिपूर्ति रकम राजदूतावासमा पठाइसकेको जानकारी नेपालमा परिवारलाई दिएका थिए। '१०-१२ पटक राजदूतलाई पत्र पठाइसक्यौं, जवाफ नै दिँदैनन्,' रखालले भने।
क्षतिपूर्तिको रकमबारे बुझ्न जाँदा परराष्ट्र कर्मचारीले उल्टै झगडा गर्ने र हप्काउने पीडितले बताए।
परराष्ट्र प्रवक्ता भट्टराईका अनुसार बिमा कम्पनीले दूतावासलाई रकम बुझाएपछि वकिलको पारिश्रमिक कटाएर मन्त्रालयमा पठाउनुपर्छ। मन्त्रालयले सम्बन्धित जिल्लामार्फत रकम पीडित परिवारलाई भुक्तानी गर्छ। 'चेक बुझेको डेढ वर्ष बित्दा पनि पीडितले क्षतिपूर्ति पाएका छैनन् भने यो अक्षम्य अपराध हो,' उनले भने।
पीडितको आरोप राजदूत अन्सारीले पनि स्वीकार गरे। 'सुवेदीको परिवारलाई दिईएको क्षतिपूर्ति रकम मसँगै छ, तर अहिले उनीहरूलाई दिन मिल्दैन,' अन्सारीले नागरिकसँग टेलिफोनमा भने, 'कम्पनीसँग छिनोफानो नभई दिन मिल्दैन।' पीडित परिवारलाई कम्पनीले भूलवश चेक पठाएको उनले तर्क गरे। उनले भने, 'धेरैजसोको पैसा आएको छ। छिट्टै दिने प्रयास हुन्छ।'
  
Read Full Discussion Thread for this article