Posted by: Geology Tiger January 6, 2011
अमेरिकामा कतिवटा नेपाली संघ संस्था होलान ??
Login in to Rate this Post:     1       ?         Liked by
धेरै संघ संस्था खोल्नु नेपालीहरुको बिशेषता भए जस्तै अर्को एउटा बिशेषता के हो भने कुरै नबुझी जथाभावी गाली गरेर आफुलाई विद्वान अथवा प्रगतिशिल देखाउन खोज्नु। होला अमेरिका म बग्रेल्ती नेपाली संस्था होला, ती मध्य धेरै संस्था सिमित व्यक्तीलाई फाईदा पुर्याउने र पैसा कमाउने उद्देश्यले पनि संचालित होलान् तर त्यसो भन्दैमा सबका सब चोर हुन् भन्ने चाँही कदापी होइन। बुझ्नु सुझ्नु केही छैन सबै सोलो डोलो सबै चोर.. होइन कि भने आफुलाई सबैको बारेमा थाहा हुनु पर्‍यो, थाहा छैन भने चुपो लाग्नु पर्‍यो.. हैन भने एउटा दुइटा फटाहा भए भन्दैमा सबै चोर नै हुन्छन् भन्नु किन पर्‍यो? यो गणित होइन जसमा हरेक त्रिभुजको तीन वोटै भुजा हुनुपर्छ। मान्छेको व्यवहार भनेको दाजु र भाई अनि बाउ र छोराको पनि उस्तै हुदैन। फेरी अमेरिका भरिको लागि एउटा संस्था बनाउने कुरा.. त्यो एउटा संस्था पनि किन चाहियो र? केही पनि नबनाउ अनि केही पनि नगरु न हुन्न? हैन साथी हो उद्देस्य भन्ने पनि केही कुरा हुन्छ नि।
 
गजब छ नेपालीहरुको बिद्दता.. गजब छ नेपालीहरुको बुझाई.....गजब छ नेपालीहरुको हेराइ...  
 
Read Full Discussion Thread for this article