Posted by: Narayangarh suburb January 4, 2011
हाम्रो सम्बन्ध र शहरी चर्चा
Login in to Rate this Post:     0       ?        
धेरै समयमा केही कोरौ भनेर एस्सो : 







 तिमी अढिग भएर हैन 
म गलेको 

तिमी आगो भएर हैन 

म जलेको  

 

यो त पस्चतापको मर्म हो 

मैले लिएर आएको कर्म हो 

हराउने छ मेरो अन्तिम सास सँगै 

खरानी भएर जानेछ मेरो लास सँगै 

 

उदेक लाग्छ, एक छिनको प्रतिक्षापनी 

बरसौ भएछ सोच्न छाडेको पनि 

अब त जिन्दगीलाई एसै धकेल्दैछु 

नपिएको बिष हरु ओकल्दै छु 

 

तिमी सरल भएर हैन 

म तरल भएको 

तिमी पानी भएर हैन 

म अबिरल बगेको 

 

यो त प्रकृतिकै देन हो 

मेरो सुखको त्यो एक छ्ण हो 

हिजो थिएन, भोली रहन्न 

जती कोशीस गर तिमी, भुलाउन म चाहन्न 

 

हिउँ पग्लिनु र रात कटाउनु   

निमेश भरकै कुरा त हो 

हाम्रो सम्बन्ध र शहरी चर्चा 

बेतुक को बात न हो 
Read Full Discussion Thread for this article