Posted by: Rahuldai December 31, 2010
नयाँ बर्ष
Login in to Rate this Post:     1       ?         Liked by

पुरानो साल
नयाँ साल
सधैं आफ्नो
मात्र बेहाल ।


कति कामनाहरु
जति शुभकामनाहरु
घर भरी
आँगनै भरी
प्लस्टिकको फूल सरि
भात्किएको पूल सरि


साल को अन्तमा
नयाँ साल शुभ होस् भन्छु,
नयाँ साल नयाँ होस् भन्छु


फेरी पुरानै दिन
फेरी बिरानै दीन


बाच्नु छ भने पचाउनै पर्‍यो
नाच्नु छ भने भजाउनै पर्‍यो।
नयाँ साल शुभ होस्
नयाँ साल शुभ होस् ।

Read Full Discussion Thread for this article