भाग-१४
निक्की मेरो जवाफ कुरिरहेकी थी, मैले उसलाई सिधै हेर्न सकिन। मलाई के थाहा? मैले के गर्नु पर्छ यदी म निक्की भएकी भए? कहिले कही जवाफ किन यती धेरै गार्हो हुन्छ? किन हरेक प्रश्नको उत्तर दिनै पर्छ? किन कुनै प्रश्नलाई प्रश्नमै सिमित राख्न सकिदैन? जिन्दगीलाई देख्नासाथ प्रश्नको सिलसिला शुरु हुन्छ। के प्रश्न बिनाको जिबन सम्भव छैन? मनमा यस्तै कुराहरु खेल्न थालेपछि मलाई बाथरुम जाउ जाउ लाग्यो। आवश्यकता भन्दा पनि निक्किको प्रश्नसँग भाग्ने मौका चाहिएको थियो। म उठेँ, बाथरुममा पसेर आफ्नै अनुहार हेर्न थाँले, सेतो सेतो दाग जस्तो देखे देब्रे गालामा। मोहोर जत्रो पो छ त। लौ न के आयो? मन आतियो। अस्तिसम्म केही थिएन। बर्बाद भयो। के लायो भने जाला? छालाको डक्टरका गएर फेरि भेटी टक्राउनु पर्यो कि क्या हो? आर्थिक स्वास्थ्य गडबढ भैरहेको बेलामा किन यस्तो हुन्छ? म तुरुन्तै बैठक कोठामा आए। निक्की मार्ल्बोरो लाइट सल्काएर कश तान्दै रैछ, मलाई देख्ना साथ एउटा सिगरेट झिकी। साथीलाई साथ नदिने नि कोही साथी हुन्छ? खासै स्वाद नभए पनि मैले सल्काए र लामो कश तानेर मुखबाट फाले। जिब्रो टर्ओ भयो, घाँटी खसखस भयो, कोक्याउन थाल्यो। खोक्न थाँले तर केही बेरमै ठीक भयो।
"निक्की हेर! मेरो गालामा दाग आएछ!" मैले देब्रे गाला देखाए।
"दाग? कसरी?" अलि नजिक आएर हेरी।
"खोइ? अस्ति सम्म थिएन, भर्खरै आएको जस्तो छ। के गर्ने?" म अतालिए।
"मैले त देखिन।" निक्की चुरोटको धुवा पन्छाउदै अझै वर आएर नियाली।
"तिम्रो आँखा पनि अचम्मको छ। त्यत्रो ठुलो दाग पनि देख्दैन। ठ्याक्कै मोहोर जत्रो छ।" प्राय निक्किले नजिकको केही देख्दिन चाहिने कुराहरु।
"मेरो आँखा कमजोर छैन।" निक्किले प्रतिवाद गरी।
"उसो भए मेरो आँखा कमजोर त?" मैले अलि रुखो स्वरमा भने।
"पख! म टर्चलाइट लिएर आँउछु।" निक्की उठन लागेकी थी, मै फेरि उठेँ, बाथरुम गए र फेरि हेरे। सेतो छाया जस्तो छ त। कि निक्की मलाई उल्लु बनाउदैछे? फर्केर चुपचाप बसे।
म के गरु?" मलाई दागको पीर परिरहेको थियो।
"भैगो, टर्चलाइट चाहिएन।" मैले फेरि सेतो दाग सम्झे।
"के भन्छे यो केटी?" निक्की अचम्म परी।
म अलमल परे। उसलाई आँखैले सोधे।
"बुवालाई फोन गरु कि नगरु?" बुझे उसले के सोधेकी भनेर।
"तिमीलाई के लाग्छ? तिम्रो मनले के भन्छ?" मैले उसैलाई सोधे।
"मेरो मन मान्दैन। अझै गार्हो छ।" उ उदास भै।
"तिम्रो मन मान्दैन भने मान्दैन।" सजिलो पारिदिए।
"तर समाजले के भन्ला? अरुले के भन्लान?" अब उ सामाजिक हुन खोजी।
"तिमीलाई के गर्दा खुशी लाग्छ, त्यही गर।" मेरो टाउको दुख्ला दुख्ला जस्तो भयो।
" म कुरा गर्दिन। म जे छु त्यसैमा खुशी छु। किन हुन नसकेको साईनो केलाएर अरु दुखी हुँ?" उसले अन्तिम सर्को तानी र सिगरेट निभाइ। बेडरुममा गै, एकछिन शुन्य जस्तो लाग्यो। फेरि बाहिर निस्की। मेरो अगाडी आएर उभी रही।
"यदी केही भै हाल्यो भने?" उसले फेरि मलाई सोधी।
"केही भै हाल्यो भने भनेको मत्लब?" उसैलाई प्रश्न गरे।
"बुवालाई तलमाथि भयो भने। के मलाई जिन्दगीभरी अन्तिम अवस्थामा पनि कुरा नगरेको भनेर पस्चाताप होला?" फेरि उही कुरा।
मैले उसलाई के भने ठीक होला? सोच्न थाले। फोन कहाँ छ खोज्न थाले। ब्यागमा, र्याकमा र सिरानीमा खोज्दा नि नपाएपछी निक्किकै फोन मागे। उसले तुरुन्तै दिइ।
"ल फोन नम्बर भन!" निक्की छक्क परी।
"तिम्रो?" उसले मेरो फोन खोज्न लागेको होला भन्ने सोचिछ।
"तिम्रो बुवाको! नेपालको नम्बर!" उसले एक्छिन मलाई हेरी, त्यसपछी भित्र गएर एउटा सानो डायरी ल्याइ। उसले भनेको नम्बर मैले थिच्न थाले।
३-४ रिङ्ग गएपछी उताबाट कसैले उठायो।
"हलो!" पुरुष स्वर थियो, शायद उसैको बुवा थियो। मैले हत्त न पत्त फोन निक्किलाई दिए। उ फोन समातेर कानमा राखेर उभिरही।
उताबाट फेरि आवाज आयो "हलो! हलो!" निक्कि बोलीन, आँफै लाइन काटिदिइ।
मैले केही भनिन।
"शायद आज म केही भन्न सक्दिन!" निक्की आँफैले कारण बताइ।
"--" मैले केही भन्नु थिएन।
"जस्तो कि तपाईंको स्वास्थ्यलाभको लागि भग्वानसङ कामना गर्दैछु। तपाईंलाई अहिले कस्तो छ? चिन्ता नगरनुस्!" निक्की के के भनिरहेकी थिइ। "केही बोल्नु अघी मैले धेरै चोटि अभ्यास गर्नु पर्छ।"
मलाई निक्किको माया पनि लाग्यो, सहानुभुति जस्तो अनुभव भयो। "बिचरी" मनमा यस्तै सोच्दै मेरो हात फेरि गालामा पुग्यो र फेरि सम्झे सेतो दाग!
"निक्की! म के गरु?" मैले गालाको दागतिर औंलाले देखाए।
"मैले त केही देखिन।" निक्किले छोटो जवाफ दिइ।
उ सोचमग्न थिइ।
अफसोचको कुरा मैले उसको मनको आधिबेहरी अनुभुत गर्न सकिन र उसले मेरो गालाको दाग देखिन।
क्रमश: