Posted by: khoikkhoik December 21, 2010
गणतंत्र वा गनतंत्र
Login in to Rate this Post:     0       ?        

सशस्त्र संघर्षको रणनीतिसहित मन्त्रीले बनाए छुट्टै संगठन


काठमाडौं, पुस ६ - भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले मधेसमा सशस्त्र संघर्षको रणनीतिसहित नयाँ संगठन निर्माण गरेका छन् । संगठनबारे छिट्टै घोषणा गर्ने शाहले जानकारी दिए । शाहको नेतृत्वमा गठित 'मधेस क्रान्ति फोरम'ले मधेसमा चेतना अभियान सुरु गर्दै परिआए सशस्त्र संघर्षसमेत गर्ने उनले बताए । साहले आफ्नो संगठन सामाजिक प्रकृतिको भएकोसमेत जानकारी दिए । 'यो राजनीतिक संगठन होइन,' मंगलबार साँझ इकान्तिपुरसित उनले भने, 'यसले मधेसमा सचेतना अभियान संचालन गर्ने र अधिकारका लागि परिआए सशस्त्र संघर्षसमेत गर्छ ।'

साह माधवकुमार नेपाल नेतृत्वको सरकार गठन हुँदा मधेसी जनअधिकार फोरमबाट टुक्रिएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक केन्द्रीय सदस्य हुन् । शाह मधेसी जनअधिकार फोरमबाट संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन् । साहले आफूले बनाएको नयाँ संगठन फोरम लोकतान्त्रिकबाट भने विभाजित नभएको बताए । 'यो राजनीतिक उदेश्य बोकेको नयाँ सामाजिक संगठन हो,' उनले भने, 'यो संगठन टुक्रिएर, चोइटिएर बनेको संगठन होइन, यसमा जुनसुकै राजनीतिक दलका युवाहरु सहभागी हुन सक्छन् । मधेसका दलहरुले मधेसलाई भँजाउनेमात्र काम गरेको आरोप लगाउँदै उनले अहिलेका मधेसवादी दलहरुबाट मधेस मुक्ति सम्भव नभएको दाबी गरे । 'लोकतान्त्रिक फोरमबाट पनि त्यो सम्भव नदेखेपछि नयाँ दल खोल्न बाध्य भएँ,' उनले भने ।

शाह नेतृत्वको नयाँ संगठनले सोमबार र मंगलबार राजधानीको एक होटलमा भेलाको आयोजना गरेको छ । भेलाले संगठनका कार्यविधि तथा संरचनालाई अन्तिम रुप दिएको छ । पदाधिकारीलगायतको टुंगो भने छिट्टै लाग्ने उनले बताए । साहले नयाँ संगठन खोलेबापत आफ्नो दलले गर्ने जुनसुकै कारबाही भोग्न तयार रहेको बताए । 'बलिदान नै तयार भएर हामीले संगठन निर्माण गरेका छौं,' उनले भने, 'जस्तोसुकै कारबाही नभोग्ने त कुरै भएन, कारबाहीको अर्थ पनि छैन ।'


Read Full Discussion Thread for this article