Posted by: super007 December 15, 2010
REASONS TO SUPPORT MONARCHY IN NEPAL
Login in to Rate this Post:     1       ?         Liked by
यहाँ कुरा राजतन्त्र ले देश र जनता लाई के दियो भन्ने भन्दा पनि देश को स्वाभिमान लाई बिदेशी सामु नाङ्गो बनाउने काम गरेन भन्ने हो | नेपाल रहे त हामी नेपाली रहन्छौ , यी चोर भारत का दलाल (अब त बंगलादेश का पनि दलाल ) नेता हरु ले त देश नै बेच्न लागि सके | अजै पनि नेपाली को आँखा खुलेको छैन किन भने चोर गफाडी नेता हरु ले "यो तन्त्र त्यो तन्त्र "  भनेर नेपाली को कान राम्रो संग भरिदिएका छन् , अनि जनता तेसैमा दङ्ग परेर बसेका छन् देश बिकाश हुने सुनौलो सपना बुनेर | हिजो का  दिनमा कम से कम लाखौ को संख्यामा नेपालीले कतार/दुबई को मरभुमीमा काम गर्न अनि धेरैले येही सिलसिलामा ज्यान दिन परेको थीएन,  लाखौ नेपाली चेलीबेटीको इज्जत विदेश मा लिलाम गर्न परेको थीएन, मात्र राजदुत को हैसियत राख्ने व्यक्ति ले देश को प्रधानमन्त्रि लाई घर घर मा जहिले पायो तैले भेट्न गाको थीएन, नेपाल को नदि नाला मा बिदेशी को रजाई थीएन, काठमाडौँ अहिले को जस्तो अस्तब्यस्त त थीएन, जनता येति उत्शृंखल त भाको थीएन, महंगी येति बढेको त थीएन, धोति ले येति हेपेको त थीएन, हुदा हुदा अब बंगलादेशी ले सम्म हेप्ने भाको त थीएन...खै कति मात्र भन्ने , के मात्र भन्ने , खै त कुरा बुझेको ??
Read Full Discussion Thread for this article