Posted by: WikiLeaks December 14, 2010
पूर्व युवराज पारस पोखराको फूलबारी रिसार्टबाट प्रहरी नियन्त्रणमा
Login in to Rate this Post:     0       ?        

Paras Arrested

पारस आफैले हेलिकप्टरको व्यबस्था गरेपछि उनलाई चितवन लिनका लागि पोखराको फुलवारी रिसोर्टमा फिष्टेल एयरको हेलिकप्टर


पोखरा २८ मंसिर (दैनिकी)



पूर्व युवराज पारस शाहलाई चितवनमा गोली प्रहार गरेको आरोपमा प्रहरीले
पोखराको फूलबारी रिसोर्टबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय
चितवनले पारसविरुद्ध पक्राउ वारेन्ट जारी गरे लगत्तै जिल्ला प्रहरी
कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको हो । पारस शाहलाई एसएसपी केशव
अधिकारीको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो । उनलाइ
हेलिकप्टरबाट चितवन लगिने भएको छ । पारस आफैले हेलिकप्टरको व्यबस्था गरेपछि
उनलाई लिनका लागि पोखराको फुलवारी रिसोर्टबाट फिष्टेल एयरको हेलिकप्टरले
चितवन लाने भएको हो । यसअघि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले स्कटीङ
गरेर पुर्व युवराज परासलाई पक्राउ गरी गृह, नेपाली सेना, नेपाल प्रहरी र
सशस्त्र प्रहरी बलका अधिकारीहरुको सयुक्त बैठकले पोखरास्थित फुलवारी
रिसोर्टमा रहेका पारसलाई उनकै गाडीमा पोखराबाट चितवन लैजाने टुङ्गो गरेको
थियो । चितवनमा लगेर पारससंग वयान लिने र उनको म्याद थपेर राख्ने पनि
बैठकले तय गरेको छ । उनलाई केही समयपिछ चितवन लगिदैँ छ । गण्डकी प्रहरी
प्रमुख एसएसपी केशव अधिकारी र कास्की प्रमुख एसपी पुस्कर कार्कीले गोली
काण्डमा मुछिएका पारस शाहसंग उनी बसेकै रिसोर्टमा प्रारम्भिक बयान लिएको
सुरक्षा स्रोतले जनाएको छ । यसअघि आजै गृह मन्त्रालयले मातहातका
सुरक्षाकर्मीलाई घट्नाभएको जिल्लामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश
दिए लगत्तै चितवन जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी पुर्वयुवराज
पारस शाहलाई पक्राउ गर्न उनी भेटिने संभावित जिल्ला काठमाडौं र पोखराका
प्रहरीलाई उपस्थित गराउन पत्रचार गरेको हो । सोही आदेश अनुसार पोखरामा
रहेका पारसलाई क्षेत्रीय प्रहरी कार्यालयको निर्देशनमा नियन्त्रणमा लिएको
हो । अहिले पोखराको फुलवारी रिसोर्टमा ठूलो संख्यामा नेपाल र सशस्त्र
प्रहरी परिचालन गरिएको छ । गत शनिबार पूर्व युवराज पारसले उपप्रधानमन्त्री
सुजाता कोइरालाका ज्वाँई रुबेल चौधरीसँग विवाद हुँदा हवाई फायर गरेका थिए ।

Last edited: 14-Dec-10 07:31 AM
Read Full Discussion Thread for this article